close

कालिकाका विद्यालयलाई स्कुल बस

कालिकाका विद्यालयलाई स्कुल बस

Trulli
ADVERTISEMENT

चितवन- चितवनको कालिका नगरपालिकाले चार वटा सामुदायिक विद्यालयलाई स्कुल बस हस्तान्तरण गरेको छ । शैक्षिक सुधार गर्न र सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन नगरका सामुदायिक विद्यालयलाई  बस प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।

 

पृथ्वी माध्यमिक विद्यालय, आधारभूत विद्यालय समीपुर, चतुर्मुखी माध्यमिक विद्यालय र  भीमोदय माध्यमिक विद्यालयलाई स्कुल बस हस्तान्तरण गरिएको नगरप्रमुख खुमनारायण श्रेष्ठले जानकारी दिए ।


पालिकाले चेपाङ बालबालिकाको शिक्षाको सुनिश्चितताका लागि आवासीय विद्यालय पनि निर्माण गरिरहेको छ । कालिका नगरपालिकामा ३५ सामुदायिक र ११ संस्थागत विद्यालय रहेका छन् ।