close

गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्षलाई कोरोना संक्रमण

गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्षलाई कोरोना संक्रमण

Trulli
ADVERTISEMENT

सिन्धुपाल्चोक- जुगल गाउँपालिकाका अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारायण श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

 

सिन्धुपाल्चोकका १२ स्थानीय तहका प्रमुख मध्ये संक्रमित हुने श्रेष्ठ पहिलो व्यक्ति हुन् । श्रेष्ठ अहिले भक्तपुरस्थित आफ्नै निवासमा होम आइसोलेसनमा छन् ।

 

हालसम्म सिन्धुपाल्चोकका जनप्रतिनिधिमा कोरोना संक्रमण देखिएको थिएन । अध्यक्ष श्रेष्ठलाई  आज कोरोना संक्रमण पुष्टि भएको हो । उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् ।