close

मंगरबारसम्म निरन्तर वर्षा भइरहने, सतर्क रहन आग्रह 

मंगरबारसम्म निरन्तर वर्षा भइरहने, सतर्क रहन आग्रह 

Trulli
ADVERTISEMENT

काठमाडौं– मौसम पूर्वानुमान महाशाखाले मंगलबारसम्म निरन्तर वर्ष भैरहने जनाएको छ । आज पनि देशैभर बदली भई वर्षा भैरहेको छ । प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ ।

 


अविरल वर्षाका कारण साना ठूला खोला तथा नदीमा बाढीको सम्भावना बढेको छ भने पहाडी क्षेत्रमा पहिरोको जोखिम उतिकै रहेको छ । तराईका विभिन्न ठाउँ डुवानमा परिरहेका छन् । राजमार्गहरू अवरुद्ध भैरहेका छन् ।

 

पहाडी भूभागमा भू-क्षय र साना(ठूला बाढीपहिरो गैरहेकोले नदीमा पानीको बहाव बढ्न सक्ने भन्दै सतर्कता अपनाउन महाशाखाले सूचित गरेको छ ।