close

भारी वर्षाले ४ हजार ५०० घर डुबानमा, ३ दिनमा ९ जनाको मृत्यु 

भारी वर्षाले ४ हजार ५०० घर डुबानमा, ३ दिनमा ९ जनाको मृत्यु 

Trulli
ADVERTISEMENT

काठमाडौँ– पछिल्लो केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी र डुबानबाट मुलुकका विभिन्न क्षेत्रमा ४ हजार ५ सय घर डुबानमा परेको छ । डुबानमा परेकामध्ये झन्डै १० प्रतिशतमा क्षति पुगेको अनुमान गरिएको छ ।

 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार साँझ एक विज्ञप्ति जारी गरी पछिल्लो ३ दिनमा मनसुनजन्य घटनाबाट ९ जनाको मृत्यु भएको र ५ जना घाइते भएका जनाएको छ । उक्त अवधिमा ४२ घर पूर्ण क्षति भएको तथा ७ सय ५६ जनालाई सुरक्षित स्थानमा सारिएको छ । यो वर्षाबाट ९० हजारभन्दा बढी मानिस प्रभावित भएका छन् ।

 

प्राधिकरणले नेपालमा अधिकांश भेगमा वर्षा भएको र तराईको केही जिल्लामा डुबान तथा पहाडी क्षेत्रमा पहिराका घटना भइरहेको जनाएको छ । मुख्यगरी भारी वर्षाका कारण  धेरै क्षेत्रमा जनजीवन प्रभावित हुन पुगको छ । अझै १५ गतेसम्म नै वर्षाको सम्भावना भए पनि सोमबारदेखि भने केही घट्ने अनुमान गरिएको मौसम विज्ञान विभागले जनाएको छ ।आइतबार विषयगत क्षेत्रमा सरकारी निकाय, सहयोगी तथा सरोकारवाला निकायको बैठक बसी जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा समन्वयात्मक रुपमा अघि बढ्ने निष्कर्ष निकालिएको छ । 

 

खोज, उद्धार तथा आश्रयस्थल तथा खाद्यान्न व्यवस्थापनमा स्थानीय तहसँगको समन्वयमा काम भइरहेको जानकारी गराइएको छ । खानेपानी सरसफाइ, प्राथमिक स्वास्थ्य सेवाका लागि समन्वयात्मक रुपमा अघि बढ्ने निर्णय पनि भएको छ । आवास पुनर्निर्माण तथा पुनस्र्थापनका लागि यसअघि जारी भएको कार्यविधिअनुसार अघि बढेको जनाइएको छ ।