close

प्रदेश २ : एमालेका २१ मध्ये १३ सांसद नेकपा (एकीकृत समाजवादी) मा जाने 

प्रदेश २ : एमालेका २१ मध्ये १३ सांसद नेकपा (एकीकृत समाजवादी) मा जाने 

Trulli
ADVERTISEMENT

धनुषा : प्रदेश–२ संसद्‌मा नेकपा एमालेका २१ सांसदमध्ये संसदीय दलको नेता शत्रुधन महतोसहित १३ जनाले एकीकृत समाजवादी रोज्ने भएका छन् । प्रदेश–२ संसदमा नेकपा एमालेभन्दा नेकपा (एकीकृत समाजवादी) ठूलो दल बन्ने देखिएको छ । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य तथा सांसद  महतोले केही दिनभित्र १३ जना सांसदले सनाखत गर्ने बताए । प्रदेश–२ मा एमालेका १९ सदस्य छन् । ‘एक जना प्रदेशसभाका सांसद उपचारको क्रममा दिल्लीमा हुनुहुन्छ । उहाँको सनाखतको व्यवस्था मिलाउन केही समय लाग्ने देखिन्छ,’ महतोले भने । मिर्गौलामा समस्यामा देखिएपछि उपचारका लागि प्रदेश सांसद डिल्ली उप्रेती दिल्ली पुगेका छन् । 

 

१ सय ७ सदस्यीय प्रदेशसभामा एमालेका गोविन्द न्यौपाने, मदनसिंह श्रीवास्तव, अशोक यादव, प्रमोदकुमार यादव, मञ्जुकुमारी यादव, बेची लुङ्गेली, रविन्द्र बैठा, सीता गुरुङ, सुन्दर विश्वकर्मा, शत्रुधन महतो र डिल्ली उप्रेती नेकपा (एकीकउत समाजवादी)  तर्फ रहेका छन् । महतोका अनुसार सनाखतपछि नेकपा (एकीकृत समाजवादी)  प्रदेश सरकारमा सहभागी हुनेछ । ‘अध्यक्षले सबै स्थानमा गठबन्धन सरकार बनाउने भन्नु भएको छ । प्रदेश २ मा हामी पनि सरकारमा सहभागी हुन्छौं,’ महतोले भने ।