close

भूकम्प प्रभावित  २५७ स्थानीय तहमा इन्टरनेट 

भूकम्प प्रभावित  २५७ स्थानीय तहमा इन्टरनेट 

Trulli
ADVERTISEMENT

काठमाडौं– दूरसञ्चार प्राधिकरणले भूकम्प प्रभावित ८ जिल्लामा निःशुल्क इन्टरनेट पुर्‍याउन  २ सय ५७ वटा गाउँपालिका\ नगरपालिकासँग समझदारी गरेको छ ।  

भूकम्पबाट अति प्रभावित ८ जिल्ला र काठमाडौँ उपत्यकाबाहेकका ६६ जिल्लाका सामुदायिक आधारभूत विद्यालयमा कम्तीमा २० एमबीपीएस क्षमताको  इन्टरनेट  जडान गर्न प्राधिकरणले सम्बन्धित जिल्लाका स्थानीय तहसँग सम्झौता गरेको हो । 

६ सय ५६ मध्ये दुई सय ५७ स्थानीय तहसँग समझदारीपत्रमा हस्ताक्षर भएको  प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए । 

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी सञ्चालित परियोजनामध्ये भूकम्पबाट अति प्रभावित आठ जिल्ला काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, दोलखा, सिन्धुली, रामेछाप र ओखलढुङ्गाका सबै स्थानीय तहको कार्यालय, वडा कार्यालय, सामुदायिक मावि, सामुदायिक स्वास्थ्य संस्थाहरुमा क्षमता अभिवृद्धि र जडान गर्न सो योजना ल्याइएको हो । 

आधारभूत विद्यालयसमेत गरी करिब चार हजार दुई सय ५१ स्थानमा कम्तीमा २० एमबीपीएस क्षमताको  इन्टरनेट सेवा जडान गरी दुई वर्षसम्मका लागि महसुलबापतको रकम उपलब्ध गराउने योजना अघि सारेको थियो । 
    
आधारभूत विद्यालयमा कम्तीमा २० एमबीपीएस क्षमताको  इन्टरनेट सेवा जडान तथा सञ्चालन गर्न हालसम्म  ७५ मध्ये ७० वटासँग सम्झौता भइसकेको प्रवक्ता पौडेलको भनाइ छ ।