close

प्रदेश २ का १० सांसद महन्थको पार्टीमा 

प्रदेश २ का १० सांसद महन्थको पार्टीमा 

Trulli
ADVERTISEMENT

धनुषा– प्रदेश २ मा जनता समाजवादी पार्टीका १० जना सांसदले लोकतान्त्रिक जनता समाजवादी पार्टी (लोसपा) रोजेका छन् ।

 

बुधबार जनकपुरधामस्थित प्रदेश निर्वाचन कार्यालयमा पुगेर १० जना सांसदले सनाखत गरेका हुन् । सनाखत गर्ने सांसदमा परमेश्वर साह, सरिता साह, बाबुलाल साह, जानकीशरण शाह, जयनुल राइन, अलका झा, बबिता कुमारी, निलम देवी भुमिहारिन, रमेश प्रसाद कुर्मी र गौरीनारायण साह छन् । निर्वाचन आयोगले दल रोज्नका लागि जनप्रतिनिधीलाई भदौ २२ गतेसम्मको समय तोकेको छ ।