सेप्टेम्बर ११ : अमेरिकाले कहिल्यै बिर्सने छैन


  • change font
  • change font
  • change font

पिटर हचिसन 

न्यूयोर्क (एएफपी)– अमेरिकाले शनिबार न्युयोर्कमा सेप्टेम्बर ११ को आतङ्कवादी आक्रमणको संस्मरणमा स्थानीय समय अनुसार ८ः४६ बजे केही समय मौन धारण गरी मृतकहरूको स्मरण गरेको छ । सन् २००१ सेप्टेम्बर ११ को उक्त समयमा आतङ्ककारीद्वारा अपहरण गरिएको एक विमानलाई विश्व व्यापार केन्द्रमा ठोक्याएर दुर्घटनाग्रस्त गराइएको थियो । 

 

एक शान्त तथा मर्यादित समारोहबीच सेप्टेम्बर ११ मा भएको आक्रमणको स्मरण गर्दै आयोजित २० औं वार्षिक समारोहमा हमलामा मारिएका आफन्तजनको थुप्रै नातेदार तथा अमेरिकी अधिकारीले आँशु पुछिदिएको दृष्यहरू सञ्चारमाध्यममा छापिएका छन् । 

 

यो बीचमा अमेरिकाले बदलामा आक्रमणका योजनाकार ओशामा विन लादेनसहित उक्त आक्रमणको जिम्मेवारी लिएको स्लामिक स्टेट (आइएसआइएस) समूहलाई लक्षित गरी चलाएको अभियान पूरा भएको जनाएको छ । अफगानिस्तानबाट अमेरिकी सेनाको बहिर्गमनपछि अफगानिस्तानम पुनः तालिवान समूह सत्तामा फर्किएको छ भने अमेरिकाले अफगानिस्तानमा आफूले जुन उद्देश्यसहित सैनिक उतारेको थियो त्यो उद्देश्य पूरा भएको जनाएको छ । 

 

कार्यक्रम चलिरहँदा घटनास्थलमा उपस्थित थुप्रै नातेदारहरूले मृतकका परिवार तथा आफन्तको आँसु पुछिदिए भने न्यूयोर्कमा कडा सुरक्षाबीच अमेरिकी राष्ट्रपति जो बाइडेन र पूर्व राष्ट्रपति बाराक ओबामा उपस्थित भएको चार घण्टा लामो समारोहमा मारिएकाहरूको नाम पढेर उनीहरूको स्मरण गरिएको थियो । 

 

अल–कायदा समूहले सर्बसाधारणलाई लक्षित गरेका आक्रमणबाट मारिएका व्यक्तिहरूको सम्झनामा अमेरिकी राष्ट्रपति बाइडेनसहितका अधिकारीहरूको उपस्थितिमा वासिङ्टन डीसीको पेन्टागन र पेन्सिलभेनियाको शाङ्क्सभिलमा पनि अल–कायदा समूहले सर्बसाधारणलाई लक्षित गरेका हृदयविदारक घटनाको स्मरण गरिएको छ । 

 

वार्षिकोत्सवको पूर्वसन्ध्यामा शुक्रबार संप्रषण गरिएको भिडियोमा राष्ट्रपति बाइडेनले अमेरिकीहरूलाई सबैभन्दा ठूलो बल एकता भएको भन्दै एकता देखाउन अमेरिकीहरूसँग आग्रह गर्नुभएको थियो ।   

 

बाइडेनले ह्वाइट हाउसको ६ मिनेटको सन्देशमा भने, ‘मेरो लागि सेप्टेम्बर ११ को मुख्य पाठ यो हो कि मानव जातीका हैसियतले सबैको आत्मामा आतङ्कवादविरोधी लडाई रहेको र यसमा एकता सबैभन्दा ठूलो बल हुनेछ ।’

 

शनिबार भएको कार्यक्रममा विश्व व्यापार केन्द्रका दुई टावरलाई प्रहार गरिएको समय, पेन्टागन आक्रमण, ‘फ्लाइट नाइन्टी थ्री’ दुर्घटना समयसँग मेल खाने समयमा छ मिनेटको मौन धारण गरिएको थियो ।

 

विश्व व्यापार केन्द्रमा आफ्नो ३७ वर्षीय पति माइकल इकेन गुमाएकी मोनिका इकेन–मर्फीको अरू थुप्रैकोजस्तै पीडा पनि अझै कम भएको छैन । उनले भनिन्, ‘यो धेरै अमेरिकीहरूका लागि संस्मरणीय घटना हुनेछ ।’ उनले एएफपीलाई भनिन्, ‘मलाई यो भर्खरै भएको जस्तो लाग्छ यद्यपि सेप्टेम्बर ११, २००१ को बिहानदेखि पूरै पुस्ता हुर्किसकेको छ ।’ 

 

यसबीचमा अल–कायदाका संस्थापक ओसामा बिन लादेनलाई मारिएको छन् । ट्विन टावरको सट्टा म्यानहाटनमाथि एउटा ठूलो नयाँ टावर उठेको छ । अनि करिब दुई हप्ता अघि अमेरिकी सिपाहीहरू काबुल विमानस्थलबाट उनीहरूकै शब्दमा अमेरिकी इतिहासमा सबैभन्दा ‘लामो युद्ध’ अन्त्य गरेर फर्किएका छन् । तर पिडितको दुखेको मन निको भएको छैन ।

 

कुनै समय बिन लादेनलाई आश्रय दिएको भनिने तथा शक्तिशाली अमेरिकी सैनिकले काबु पारेका तालिबानले अफगानिस्तानमा फेरि शासन गरिरहेका छन् । 

 

‘गुआनटानामो बे’ मा सेप्टेम्बर ११ आक्रमणका आरोपित खालिद शेख मोहम्मद र अन्य चार योजनाकारहरूले अभियोग दर्ता भएको ९ वर्षसम्म पनि मुद्दा लडिरहेका छन् । यो आक्रमण कसरी भयो भन्नने सम्पूर्ण कथा समेत गोप्य नै छ । गत हप्ता मात्र बाइडेनले आगामी छ महिनाभित्र अमेरिकी गुप्तचर निकाय एफबीआईलाई अनुसन्धान गरी गोप्य कागजातहरूको बर्गीकरण गरी सार्वजनिक गर्न आदेश दिएका छन् । 

 

–तीन ठूला आतङ्ककारी हमला

 

ग्राउन्ड जिरोमा भएको सुरुको विस्फोटनमा विश्वभरिका करिब दुई हजार ७५३ मानिसहरू मारिए, तिनीहरूको ज्यान गयो वा उनीहरू आक्रमणपछि भत्किएका भग्नावशेषमा पुरिएर सधैका लागि वेपत्ता बने । 

 

पेन्टागनमा एउटा विमानले विश्वको शक्तिशाली सेनाको केन्द्रमा आक्रमण गरी विमानमा र जमिनका गरी १८४ जनाको मृत्यु भएको थियो । 

 

अनि पेन्सिलभेनियाको शाङक्सभिलमा, यात्रुहरूले आफ्नो लक्षित लक्ष्यमा पुग्नुभन्दा पहिले ‘युनाइटेड ९३’ लाई अपहरणकर्ताहरूको तेस्रो चरणमा एउटा खेतमा दुर्घटनाग्रस्त गराए । 

 

–एकताको सन्देश

 

शुक्रबारको रात आफ्नो भिडियो सन्देशमा बाइडेनले अमेरिकीहरूलाई यस दुःखद घटनाबारे एकता साथ अघि बढ्न आग्रह गरेका छन् । ‘एकताको अर्थ हामीले एउटै कुरामा विश्वास गर्नुपर्छ भन्ने होइन, तर हामीले एक अर्काप्रति र यस राष्ट्रमा आधारभूत सम्मान र विश्वास राख्नुपर्छ,’ बाइडेनले भने  ।

 

राष्ट्रपतिले आफ्नो झन्डै आठ महिने राष्ट्रपति कार्यकालमा यो दिन निर्णायक दिन हुने योजना बनाएका थिए । तथापि, एकताको एकता क्षणको अध्यक्षता गर्नुको सट्टा बाइडेनले काबुल उद्धारका कारण आक्रोसको सामना गरिरहेका छन् । बहिर्गमनका बेला आत्मघाती बमवर्षकद्वारा मारिएका १३ अमेरिकी सिपाहीहरूको मृत्युले अमेरिकीहरूको मन दुखेको छ । यसले उनीहरूमा असफलता र हारको व्यापक महसुस भएको छ । यो चोट लामो समयसम्म रहिरहने छ ।

 

पीडितहरूका नातेदारहरूका लागि सधैं जस्तै यो वार्षिकोत्सव आफ्ना प्रियजनहरूको सम्झनालाई जीवित राख्ने क्षणबाहेक थप केही हुनसकेको छैन । 

 

अग्नि नियन्त्रक भाइ स्टिफनलाईको विश्व व्यापार केन्द्रमा गुमाएका फ्र््याङ्क सिलरले भने, ‘यो पर्ल हार्बरजस्तै हो ।’ जिउँदो नभएका मानिसहरूलाई यस विषयमा जिउँदो मानिसहरूको जस्तो अनुभूति हुँदैन । तर अमेरिकाले पर्ल हार्बरबारे कहिल्यै बिर्सेको छैन र सेप्टेम्बर ११ लाई पनि कहिल्यै बिर्सने छैन ।’