close

अब सार्वजनिक संस्थानबाट पनि सेयर निष्कासन !

अब सार्वजनिक संस्थानबाट पनि सेयर निष्कासन !

Trulli
ADVERTISEMENT

काठमाडौं– सरकारले सार्वजनिक संस्थानहरूलाई पनि अब पुँजी बजारमा भित्र्याउने भएको छ । शुक्रबार संसद्मा प्रतिस्थापन बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सरकारले सार्वजनिक संस्थानहरूले पनि सर्वसाधारणमा शेयर जारी गर्ने बताएका हुन् । सार्वजनिक संस्थानलाई पुँजी बजारमा भित्र्याउन सर्वसाधारणमा आईपीओ जारी गर्ने घोषणा अर्थमन्त्री शर्माले गरे ।


अर्थतन्त्रको ऐनाको रूपमा रहेको पुँजी बजारमा सरकारको मातहतका पूर्ण सरकारी स्वामित्वका सार्वजनिक संस्थानलाई आवश्यकताअनुसार कम्पनी मोडलमा रुपान्तरण गरी पुँजी बजारमा भित्र्याउने व्यवस्था मिलाइने अर्थमन्त्री शर्माले जानकारी दिए । 
 

सार्वजनिक संस्थानहरूलाई पुँजीबजारमा सूचीकृत गर्दै आत्मनिर्भर र लगानीको थप स्रोत जुटाउन सक्षम बनाउने नीति सरकारले लिएको अर्थमन्त्री शर्माको भनाइ छ । 


यसका लागि निरन्तर घाटामा गएका सार्वजनिक संस्थानलाई संरचनागत र व्यवस्थापकीय सुधार गरी सञ्चालन गर्ने, खारेज गर्ने वा अन्य उपयुक्त विधिबाट व्यवस्थापन गर्ने नीति सरकारले लिने अर्थमन्त्री शर्माले जानकारी दिए ।


पुँजी बजारमा वित्तीय सुशासन कायम गरी सर्वसाधारण लगानीकर्ताको हित संरक्षण गरिनेसमेत अर्थमन्त्री शर्माले प्रस्तुत गरेको प्रतिस्थापन बजेटमा उल्लेख छ ।