close

वाग्मतीमा नयाँ सरकार बनाउने जिम्मा राजेन्द्र पाण्डेलाई 

वाग्मतीमा नयाँ सरकार बनाउने जिम्मा राजेन्द्र पाण्डेलाई 

Trulli
ADVERTISEMENT

वाग्मती– नेकपा (एकीकृत समाजवादी) वाग्मती प्रदेशले नयाँ सरकार बनाउन गठबन्धनमा आबद्ध दलसँग छलफल गर्ने भएको छ । पार्टीको सोमबार बसेको संसदीय दलको बैठकले नयाँ सरकार गठनका लागि अन्य दलसँग समन्वय गर्ने जिम्मा दलका नेता राजेन्द्रप्रसाद पाण्डेलाई दिएको  छ । 

 

बैठकले दलको उपनेतामा प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री कृष्णप्रसाद खनाललाई चयन गरेको छ । खनाललाई मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सामाजिक विकासमन्त्री बनाएकी थिइन् । उनले निर्वाचन आयोगमा एकीकृत समाजवादी रोज्ने भन्दै सनाखत गरेका थिए । 

 

आजको बैठकले प्रमुख सचेतकमा मुनु सिग्देल र सचेतकमा बसुन्धरा हुमागाईँलाई सर्वसम्मतरूपमा चयन गरेको छ ।  संसदीय दलको आइतबार बसेको पहिलो बैठकले राजेन्द्रप्रसाद पाण्डेलाई दलको नेतामा चयन गरेको थियो ।