close

​​​​​​​ लुम्बिनी प्रदेशसभा : दुई सांसदलाई कारबाही नगरेसम्म सदन चल्न नदिने एमाले उद्घोष

​​​​​​​ लुम्बिनी प्रदेशसभा : दुई सांसदलाई कारबाही नगरेसम्म सदन चल्न नदिने एमाले उद्घोष

Trulli
ADVERTISEMENT

रूपन्देही–प्रतिपक्षी एमालेले अवरोध गरेपछि लुम्बिनी प्रदेशसभा बैठक एक घन्टाका लागि स्थगित भएको छ । सभामुख पूर्णबहादुर घर्तीले नवौँ अधिवेशनको पाँचौँ बैठकको अर्को सेसन एक घन्टापछि सुरु हुने गरी बैठक स्थगित गरिएको जानकारी दिए । 

 

बैठक सुरु हुनासाथ एमाले सांसदले पार्टीले दुई सांसदलाई कारबाही गरेको पत्र सभामुखले पढेर नसुनाउँदासम्म सदन चल्न नदिइने भन्दै नाराबाजी गरे ।

 

सभामुख घर्तीले बैठक सुरु गर्नासाथै एमालेले रोस्ट्रम घेराउ गर्दै नाराबाजी गरिरह्यो । नाराबाजी गर्नुअघि प्रदेशसभामा एमाले सांसद आरती पौडेलले पार्टी केन्द्रीय कमिटीले कारबाही गरेका दुई सांसदलाई सभामुखले कारबाही नगर्दासम्म सदन चल्न नदिइने बताइन् ।

 

नवौँ अधिवेशन सुरु भएदेखि नै एमालेले प्रदेशसभा बैठक निरन्तर अवरुद्ध गर्दै आइरहेको छ ।