close

ख्वप विश्वविद्यालय सञ्चालन गर्न भक्तपुर नगरपालिकाको माग

ख्वप विश्वविद्यालय सञ्चालन गर्न भक्तपुर नगरपालिकाको माग

Trulli
ADVERTISEMENT

भक्तपुर– भक्तपुर नगरपालिकाले सरकारसँग ख्वप विश्वविद्यालयल सञ्चालन गर्न माग गरेको छ । नगर उपप्रमुख रजनी जोशीले निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) को दोस्रो भक्तपुर नगर अधिवेशन अवसरमा विश्वविद्यालय सञ्चालनका लागि माग गरिन् ।

 

भक्तपुरमै कम शुल्कमा चिकित्सा शिक्षा प्रदान गर्न ख्वप विश्वविद्यालय स्थापना गर्न आवश्यक तयारीमा जुटे पनि सरकारले स्वीकृति नदिएकाले अन्योलमा रहेको उनको भनाइ छ ।

 

पालिकाले सल्लाघारीस्थित नेपाल ट्रस्टको नाममा रहेको १ सय ८ रोपनीमा ख्वप विश्वविद्यालय निर्माणका लागि योजना बनाएकाले त्यसका लागि सरकारसँग बारम्बार माग गर्दै आएको उनले जानकारी दिइन् ।

 

भक्तपुर नगरपालिकाले जनताको साथ र सहयोग पाएकै कारण छोटो समयावधिमा ख्वप अस्पतालमा अक्सिजन प्लान्ट निर्माण र नगरबासीलाई निःशुल्क वितरण गरिरहेको बताउँदै उपप्रमुख जोशीले नगरभित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयमा स्थानीय पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनमा जोड दिइरहेको उनको भनाइ छ ।  भक्तपुरलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न विभिन्न स्थानमा पर्यटन प्रवद्र्धनात्मक गतिविधिमा जोड दिइँदै आएको बताइन् । 

 

कोरोनाको तेस्रो भेरियन्ट आउन सक्ने सम्भावनालाई ध्यानमा राखी छुट्टै इकाइ व्यवस्था गरेर १८ वर्षमुनिका बालबालिका लक्षित आइसियु र भेन्टिलेटर जुटाउने तयारी भइरहेको उनको भनाइ छ ।    कार्यक्रमका सभापति एवम् प्याब्सनका नगर अध्यक्ष रमेशचन्द्र श्रेष्ठले प्याब्सनमा बसी काम गर्दाका अनुभवसँगै शिक्षा क्षेत्रमा भक्तपुरले कायम गरेको गरिमा अझ बढाउँदै लानुपर्नेमा जोड दिए ।