close

तिलोत्तमामा विद्यालय सञ्चालन नगर्न उर्दी

तिलोत्तमामा विद्यालय सञ्चालन नगर्न उर्दी

Trulli
ADVERTISEMENT

रूपन्देही- रूपन्देहीको तिलोत्तमा नगरपालिकाले कोरोना संक्रमण बढेपछि सामुदायिक तथा संस्थागत विद्यालयमा विद्यार्थी उपस्थित गराएर पढाइ नगर्न निर्देशन दिएको छ ।


नगरपालिकाले आइतबार सूचना जारी गरी  केही दिनदेखि सामुदायिक तथा संस्थागत विद्यालयमा विद्यार्थी उपस्थित गराएर  पठनपाठन गराए पनि अब अर्को सूचना नभएसम्म बन्द गराउन भनिएको छ ।


नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले भने, ‘नगरप्रमुख वासुदेव घिमिरेदेखि धेरैलाई कोरोना संक्रमण देखिएको छ । दैनिक कोरोना संक्रमण बढी रहेकाले सम्पूर्ण विद्यालय बन्द गराउन आग्रह गरेका हौं ।’


लकडाउन खुलेपछि रुपन्देहीका केही विद्यालयले विद्यार्थीलाई स्कुलमै बोलाएर पढाइ सुचारु गरिरहेका थिए । कोरोना संक्रमण फैलिएपछि तिलोत्तमाले २७ असोजसम्म अत्यावश्यकबाहेक सबै सेवा बन्द गरेको छ ।