close

तुल्सीपुरमा जमघट हुँदै देशैभरका ५ हजार वन उपभोक्ता 

तुल्सीपुरमा जमघट हुँदै देशैभरका ५ हजार वन उपभोक्ता 

Trulli
ADVERTISEMENT

दाङ– सामुदायिक वन उपभोक्ता महासंघ नेपालको आयोजनामा ८ असोजमा दाङको तुल्सीपुरमा सामुदायिक वन अधिकार सम्मेलन हुन भएको छ । सामुदायिक वन अधिकारका विषयमा खबरदारी गर्न सम्मेलन हुन लागेको हो । 

 

८ असोजदेखि ३ दिनसम्म तुल्सीपुरमा हुने सामुदायिक वन अधिकार सम्मेलनसहित सामुदायिक वन उपभोक्ता महासंघ नेपालको राष्ट्रिय कार्यसमितिको छैटौँ बैठकलाई सफल पार्न विभिन्न कार्यक्रम तय गरिएको सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ दाङका प्रवक्ता हेमराज शमाले जानकारी दिए ।

 

बैठकले सम्मेलनमा सामुदायिक वन उपभोक्तासहित वन अधिकारकर्मी तथा सरोकारवालाको उपस्थिति, सवालगत छलफल तथा स्थानीय तहमा देखिएका समस्यालाई सम्मेलनमा प्रस्तुत गरी निष्कर्षमा पुग्ने निर्णय गरेको छ ।

 

यस्तै, जिल्ला महासंघका कोषध्यक्ष कमलराज पोख्रलको संयोजकत्वमा आर्थिक उपसमिति, जिल्ला सदस्य नवराज शर्माको संयोजकत्वमा सहभागी व्यवस्थापन उपसमिति, प्रदेश उपाध्यक्ष तिलक भण्डारीको संयोजकत्वमा व्यवस्थापकीय उपसमिति र सचिव जानका केसीको संयोजकत्वमा अतिथि स्वागत उपसमिति गठन गरिएको छ ।

 

करिब ५ हजार जनाको सहभागितामा सम्पन्न गरिने सामुदायिक वन अधिकार सम्मेलमा संंगठनको सुदृढीकरणसहित संरक्षण क्षेत्र विस्तार, दिगो वन व्यवस्थापन कार्यान्वयनको अवस्था, संघ, प्रदेश र स्थानीय सरकारल तयार पारेका सामुदायिक वन ऐन, सरकारको नीति तथा कार्यक्रमलगायत सवालमा छलफल गरिने सामुदायिक वन उपभोक्ता महासंघ नेपालका सचिव ठाकुर भण्डारीले बताए ।

 

वन महासंघ दाङका अध्यक्ष भूपेन्द्र सुवेदीको अध्यक्षता एवं सामुदायिक वन उपभोक्ता महासंघ नेपालका उपाध्यक्ष भीमप्रकाश खड्का र केन्द्रीय सचिव ठाकुर भण्डारीको उपस्थिति रहेको बैठकमा सहभागीले सामुदायिक वन सम्मेलन तथा राष्ट्रिय कार्यसमिति बैठक सफल पार्न सबैको सहयाग आवश्यक पर्ने धारणा राखे । बैठकमा सहभागी दाङका १० वटै पालिकाका अध्यक्षहरूले तुल्सीपुरमा हुने कार्यक्रमलाई सफल पार्न सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।