close

आईएमईको भरोसा कोष

Trulli
ADVERTISEMENT

काठमाडौं-  कोरोना महामारीबाट विदेशमा मृत्यु भएकाका आफन्तजनलाई सहयोग गर्ने उद्देश्यले रेमिट कम्पनी आईएमईले ‘भरोसा कोष’ स्थापना गरेको छ । 


कोषमा १६ पुस ०७६ देखि ३० असोज ०७७ सम्म कोभिड-१९ का कारण विदेशमा मृत्यु भएका नेपाली श्रमिकका नेपालमा हुने इच्छुक आफन्तले आवश्यक विवरणसहित कम्पनीको मुख्य कार्यालय पानीपोखरीका साथै सबै प्रदेशमा अवस्थित प्रादेशिक कार्यालयमा ०७७ कात्तिक मसान्तसम्म आवेदन दिन सक्नेछन् । 


रीतपूर्वक प्राप्त हुन आएका आवेदनउपर छलफल गरी आर्थिक सहायता उपलब्ध गराइने कम्पनीले बताएको छ । आईएमई व्यवस्थापनले आफ्ना आधिकारिक वेबसाइटमार्फत आह्वानपत्र जारी गर्दै उक्त कुरा बताएको हो ।

 

कम्पनीले हाल २ सय २५ आईएमई सेन्टरसहित ७७ जिल्लाका करिव १२ हजार सबएजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत विप्रेषण कारोबार गर्दै आएको छ ।