close

आफ्नै पार्टीका मन्त्रीलाई मानीयको प्रश्न- किन दशरथ रंगशालामा खेल भएन?

आफ्नै पार्टीका मन्त्रीलाई मानीयको प्रश्न- किन दशरथ रंगशालामा खेल भएन?

Trulli
ADVERTISEMENT

काठमाण्डौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले विदेश पलाएन भएका फुटबल खेलाडीलाई स्वदेश फिर्ता योजना ल्याउन खेलकुदमन्त्रीको ध्यानाकर्षण गराएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा शाहले सत्ता वा प्रतिपक्ष जहाँ भए पनि जनताका पक्षमा आवाज उठाउने भन्दै प्रश्न गरेका हुन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रहेका शाहले आफ्नै पार्टीका युवा तथा खेलकुदमन्त्री बिराजभक्त श्रेष्ठलाई प्रश्न गरेका हुन् । 

शहले मन्त्री श्रेष्ठलाई एउटा मात्रै होईन, करीव आधा दर्जन प्रश्न र जिज्ञासा तेस्र्याएका छन् । दशरथ रंगशालामा बहराइनविरुद्ध नेपालको खेल हुन नसक्नुको कारण माग गर्दै उनले भने, ‘दशरथ रंगशालामा हुने तय भएको बहराइनविरुद्धको खेल हुन नसक्नुको कमजोरी के रह्यो ? टियूको क्रिकेट ग्राउन्डमा फ्लडलाइट र स्कोर बोर्ड कहिले आउँछ ? बहुसंख्यक फुटबल खेलाडी विदेश पलायन भएकोमा उनीहरूलाई रोक्न–फर्काउन के तयारी हुँदै छ ?’

सांसद शाहले विश्वमा ‘इ–स्पोर्ट्स’ले फड्को मारेको उल्लेख गर्दै नेपालले पनि यस विषयमा ध्यान दिनुपर्ने बताए । ‘संसारमा इ–स्पोर्टसले फड्को मारिसक्यो। हामीले पनि इ–स्पोर्टसलाई अगाडि लैजान ढिला गर्नुहुन्न,’ उनले भने ।