close

७५ प्रतिशत अनुदानमा धानको बीउ

७५ प्रतिशत अनुदानमा धानको बीउ

Trulli
ADVERTISEMENT

डोटी– केआईसिंह गाउँपालिकाल अनुदानमा धानको बीउ वितरण गर्ने भएको छ । गाउँपालिकाले स्थानीय किसानलाई ७५ प्रतिशत अनुदानमा धानको बीउ वितरण गर्न लागेको हो ।

गाउँपालिकाको आर्थिक वर्ष २०८०\०८१ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत अनुदानमा धानको बीउ वितरण गरिन लागेको कृषि प्राविधिक यज्ञबहादुर रावलले जानकारी दिए । स्थानीय धान खेती गर्ने किसानलाई धानको बीउ वितरण गरिन लागेको प्राविधिक रावलले पालिकाखबरलाई जानकारी दिए ।

गाउँपालिकाका स्थानीय किसानले उन्नत तथा मूल बीउको मागका लागि ७ दिनभित्रमा आवश्यक कागजातसहित आवेदन दिन सकिने छ । आवेदनका आधारमा कृषक छनौट गरी धानको बीउ उपलब्ध गराउने सकिने उनले सुनाए । गाउँपालिकाले धानको बीउको लागि भनेर ३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।