close

स्वास्थ्य बिमा कार्यक्रमका लागि महानगरपालिका र बोर्डबीच समझदारी

स्वास्थ्य बिमा कार्यक्रमका लागि महानगरपालिका र बोर्डबीच समझदारी

Trulli
ADVERTISEMENT

काठमाडौँ- स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्नका लागि आज काठमाडौँ महानगरपालिका र स्वास्थ्य बिमा बोर्ड बिच समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र बोर्डका कार्यकारी निर्देशक डा. मदनकुमार उपाध्यायले हस्ताक्षर गर्नुभएको छ । 

स्वास्थ्य बिमा ऐन २०७४, स्वास्थ्य बिमा नियमावली २०७५ र स्थानीय तह स्वास्थ्य बिमा संयोजन समिति गठन तथा सञ्चालन कार्यविधि, २०७८ ले तोकेका मापदण्डका आधारमा सेवा सञ्चालन हुने सहमति पत्रमा उल्लेख छ । 

‘बिमा गरेको प्रति ५ जना परिवारलाई एउटा एकाइ मानेर एक बर्षमा १ लाख बराबरको निःशुल्क उपचार सेवा प्राप्त हुनेछ । सो बराबरको रकम बिमा बोर्डले महानगरपालिका अन्तर्गत रहेको प्रवर्धन केन्द्रलाई शोध भर्ना गर्नेछ ।’ कार्यक्रम सञ्चालनका बारेमा स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेल भन्छन्, ‘महानगरपालिकाले तयार पारेका स्वास्थ्य प्रवर्धन केन्द्रहरु बोर्डमा सूचीकृत हुनेछन् । त्यसपछि केन्द्रबाट स्वास्थ्य उपचार सेवा प्रदान गरिनेछ । यी केन्द्रमा उपचार नहुने जटिल प्रकारका रोगको उपचारका लागि सूचीकृत अस्पतालहरुमा पठाइनेछ ।’