close

समयमा सम्पन्न नभएका आयोजनाको अवधि थप्न बन्दिपुरको निर्देशन

समयमा सम्पन्न नभएका आयोजनाको अवधि थप्न बन्दिपुरको निर्देशन

Trulli
ADVERTISEMENT

तनहुँ– बन्दिपुर गाउँपालिकाले सम्झौताअनुसार समयमा काम सम्पन्न नगरेका तथा सम्पन्न गरि नसक्ने निर्माण व्यवसायीलाई समय अवधि थप गर्न निर्देशन दिएको छ । गाउँपालिकाले नेपाल सरकारको सार्वजनि खरिद (तेह्रौँ संशोधन) नियमावली, २०८० को नियम १२० क अनुसार आयोजनाको अवधि थपका लागि गाउँपालिकामा निवेदन पेस गर्न अनुरोध गरेको हो । 

पालिका मातहतमा ठेक्का लगाइ हालसम्म प्रचलित कानुनबमोजिम म्याद थप रही चालु रहेको र समयमा काम नसकिने देखिएका, सम्झौता अविधिभित्र सम्पन्न हुन नसकेका तथा म्याद थप हुन नसकेका निर्माण कार्यको समयावधि थप गर्न निवेदन माग गरेको हो । 

आयोनाको निर्माण व्यवसायीहरुले पेस गरेको कार्यतालिकाबमोजिम समयमै काम हुन नसकेको कारण खुल्ने पुस्ट्याईँ, संशोधित कार्यतालिका तथा म्याद थपका कारणले थप आर्थिक दाबी नगर्ने प्रतिबद्धतासहित निवेदन पेस गर्नुपर्ने छ । 

थप अवधिको कार्यसम्पादन जमानत, बिमा र पेश्कीसम्बन्धी जमानतको अवधि कायम रहेको सुनिश्चित गरि चैत २० गतेभित्र निवेदन पेस गरि सक्नुपर्ने गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।