close

बान्नीगढी जयगढको सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

बान्नीगढी जयगढको सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

Trulli
ADVERTISEMENT

अछाम– बान्नीगढी जयगढ गाउँपालिकाले सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाको आयोजनामा पालिकास्तरीय सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

जनप्रतिनिधि स्थायी नहुने भन्दै अध्यक्ष टेकबहादुर साउँदले कानूनको परिधीभित्र रहेर काम गर्दै आएको बताए । पालिकामा कानूनको दुरुपयोग नगर्ने तथा अरुलाई पनि कानूनको दुरुपयोग गर्न नदिने अध्यक्ष साउँदले पालिका खबरलाई जानकारी दिए ।

गाउँपालिकाको आयोजनामा पालिकास्तरीय सुझाब संकलन तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै आजका प्रश्नकर्ता भोलीका उत्तरदाता हुन सक्ने साउँदले सुनाए । जनप्रतिनिधी भएपछि सबैसंग सहकार्य र हातेमालो गर्दै अगाडी बढ्न तयार भएको उनको भनाइ छ ।

आफू निर्वाचित भएर पालिकामा आएपछि वर्षौपछिको फोहर व्यवस्थापन, खानेपानी समस्याको समाधान, प्रमुख प्रशासकीय भवन निर्माणलगायतको काम गरेको उनको भनाइ छ ।

पालिकास्तरीय सुझाब संकलन तथा अन्तरक्रिया कार्यक्रममा ६० जनाको सहभागी रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत बसन्तबहादुर रावलले पालिकाखबरलाई जानकारी दिए । कार्यक्रममा सहभागीहरुको प्रतिक्रियालाई सकारात्मक रुपमा लिएर अगाडि बढ्ने उनको भनाइ छ ।