close

डरले प्रमुख अतिथि फेरिए, नयाँ अतिथिलाई कालो झण्डाको स्वागत

डरले प्रमुख अतिथि फेरिए, नयाँ अतिथिलाई कालो झण्डाको स्वागत

Trulli
ADVERTISEMENT

रुपन्देही– रुपन्देहीको शुद्धोधन गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्ने लुम्बिनी प्रदेशका पर्यटनमन्त्री लिला गिरी आउने कार्यक्रम थियो । तर नेपाली कांग्रेसले शुद्धोधनमा कालोझण्डा देखाउने सुइको मन्त्रीले पाएपछि कार्यक्रमका प्रमुख अतिथि नै फेरिए ।


मन्त्रीको सट्टा सो गाउँपालिकाको नवनिर्मित भवनको रिवन काट्न लुम्बिनी प्रदेशका नेकपाका सांसदलाई तुल्सी प्रसाद चौधरी आए ।  सोही कार्यक्रममा नेपाली कांग्रेस रुपन्देहीको निर्देशनमा कांंग्रेस शुद्धोधनले विरोध गर्दै प्रदेश सांसद चौधरीलाई कालोझण्डा देखाएका छन् ।


चौधरीले प्रदेशको राजधानी दाङ सार्ने प्रस्तावको पक्षमा मतदान गरेको र जनमतको अपमान गरेको भन्दै कांग्रेसले कालोझण्डा देखाएको जनाएको छ ।


साथै कांग्रेसका निर्वाचित जनप्रतिनिधिले समेत उक्त कार्यक्रम बहिष्कार गरेका छन् । कांग्रेसले भवनको उद्घाटनको विरोध नभई राजधानी सार्ने पक्षमा भोट हाल्ने नेकपाका सांसदको विरोध गरेको जनाएको छ ।