close

अस्पताल पुगेर पनि आईसीयु बेड नपाएपछि कोरोनाबाट ज्यान गयाे वडा सचिवकाे

अस्पताल पुगेर पनि आईसीयु बेड नपाएपछि कोरोनाबाट ज्यान गयाे वडा सचिवकाे

Trulli
ADVERTISEMENT

रूपन्देही- बुटवल उपमहानगरपालिका वडा नम्बर- ८ का वडा सचिवको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

 

बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारको क्रममा वडा सचिव नारायण ज्ञवालीको मृत्यु भएको बुटवल उपमहानगरपालिकाले जनाएको छ । २७ असोजमा कोरोना पोजिटिभ देखिएका उनी होम आइसोलेसनमा बसेका थिए ।


बुटवल कोरोना विशेष अस्थायी अस्पतालमा आजै भर्ना भएका उनमा समस्या जटिल बन्दै गए पनि उपचारका लागि आईसीयु बेड नपाउँदा ज्यान गुमाउनुपरेको बुटवल उपमहानगरका एक कर्मचारीले बताए । बुटवल उपमहानगरपालिकाले बनाएको कोरोना विशेष अस्पतालमा बुटवलकै कर्मचारीले उपचार नपाएको उनीहरूको भनाइ छ ।

 

लुम्बिनी प्रादेशिक अस्पताल पुगेका उनलाई लामो समय कोरोना विशेष अस्पतालमा बेड खाली नभएको र स्वास्थ्य अवस्था अत्यन्त गम्भीर भएपछि फिवर क्लिनिकबाट विशेष अस्पतालको बेडमा रिफर गरेको थियो । अस्पताल पुर्‍याएको केहीबेरमै उनको मृत्यु भएको अस्पतालले जनाएको छ । 

 

अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले भने उपचारमा सबै प्रक्रिया अपनाउँदा पनि बचाउन नसकिएको बताए । बुटबल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीले राष्ट्रसेवक कर्मचारी गुमाउँदा अत्यन्त दु:ख लागेको बताए । उनले भने, ‘असामयिक निधनले हामी स्तब्ध भएका छौँ, उपचारकै क्रममा निधन हुँदा हामीलाई थप मर्माहत बनाएको छ।’