close

काठमाडौं ल्याइएका खसीबोकाको रोग परीक्षण

काठमाडौं ल्याइएका खसीबोकाको रोग परीक्षण

Trulli
ADVERTISEMENT


 

 

काठमाडौं- काठमाडाैं महानगरपालिकाले दसैंमा बिक्रीका लागि ल्याइएका खसी–बोका, भेंडा–च्यांग्रामा महामारी रोग परीक्षणका लागि नमुना संकलन सुरु गरेको छ । बजारमा आएका पशुमा कुनै रोग भए÷नभएको पत्तो लगाउन मंगलबारदेखि रगतको नमुना संकलन र परीक्षण सुरु गरिएको हो ।

 

टुकुचामा खोटाङ, नेपालगन्ज, सिन्धुपाल्चोक, काठमाडौंलगायत विभिन्न जिल्लाबाट ल्याइएका खसीबोका र मनाङबाट ल्याइएका च्यांग्राको महानगरको पशु सेवा महाशाखाका प्रमुख डा. अवधेश झाले रगत नमुना लिएर कार्यक्रम सुरु गरिएको हो ।

 

‘स्वच्छ मासु र पशुजन्य खाद्यवस्तुका लागि हामीले पशु, पशुजन्य पदार्थ र उत्पादन सामग्रीको नमुना संकलन एवं परीक्षण थालेका हौं,’ डा. झाले भने, ‘अहिले लिइएको रगतको नमुना खोरेत प्रयोगशाला र त्रिपुरेश्वरस्थित केन्द्रीय प्रयोगशालामा पठाएर एफएमडी (खोरेत), पिपीआरलगायत रोग परीक्षण गर्छौं । यसबाट कुन–कुन जिल्लाका पशुमा कस्ता–कस्ता खाले समस्या छन् । थाहा पाउन सकिन्छ ।’  


नमुना संकलन र परीक्षण महानगरको स्वीकृत कार्यक्रम रहेकाले यसलाई नियमित गरिने उनले जानकारी । ‘अहिले रगतको नमुना लिएका छौं । मासु, अन्डा, दानालगायत पशु, पशुजन्य पदार्थ र उत्पादन सामग्री संकलन र परीक्षण गर्छौं,’ डा. झाले भने ।


नमुना संकलनका लागि महानगरले संघ सरकारअन्तर्गतको पशु सेवा विभाग, प्रदेश सरकारअन्तर्गतको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रसँग समन्वय गरेको छ ।


यो सँगै चौपायाको स्वास्थ्य परीक्षण गरेर निरोगीको सिङमा हरियो र रोगीको सिङमा रातो रङ लगाइँदै आएको छ ।  डा. झाका अनुसार मंगलबार लिइएका नमुनाको नतिजा आउन ४ दिन समय लाग्छ ।