close

प्रदेश १ का सांसद पराजुली र उनका चालकलाई कोरोना पुष्टि

प्रदेश १ का सांसद पराजुली र उनका चालकलाई कोरोना पुष्टि

Trulli
ADVERTISEMENT

धनकुटा- मंगलबार बेलुकी प्रदेश १ का सांसद न्द्रमणि पराजुलीलाई कोरोना संक्रमण पुष्टि भएको छ बीपी कोराला स्वास्थ बविज्ञान प्रतिष्ठान धरानमा पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आको हो

 

केही दिनअघिदेखि ज्वरो आउने, जिउ दुख्ने जस्ता स्वास्थ्य समस्या देखिएपछि सोमबार स्वाब दिएको थियो । पराजुली विराटनगरबाट केही दिनअघि धनकुटा फर्किएका थिए उनी कोरोनाको लक्षण देखिएपछि घरमै सुरक्षित बसेका थिए ।

 

उनका सवारी चालक सन्तोष रायमाझीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।  संक्रमण पुष्टिपछि उनी र उनका सवारी चालक होम आसोलेनमा बसेका छन् । सामाजिक सन्जाल मार्फत आफूलाई कोरोना पुष्टि भएको जानकारी गराउँदै आफूसँग सम्पर्कमा आएकाहरूलाई सुरक्षित रहन आग्रह गरेका छन् सुरुका दिनमा गाह्रो महसुस गरेका पराजुली अहिले स्वास्थ्य अवस्था सामान्य भएको बताउँछन् ।

 

उनकी श्रीमतीमा पनि कोरोना लक्षण देखिएको पराजुली बताउँछन् तर पुष्टि भने भएको छैन

 

अहिले कोरोना संक्रमण पुष्टि हुनेको संख्या धनकुटामा ६८ पुगेको छ भने ५५ जना कोरोनामुक्त भसकेको  स्वास्थ कार्यालय प्रमुख तुलसीप्रसाद गुरागाईंले जानकारी दिए