close

टोखा र तारकेश्वरलाई अवैध उत्खनन रोक्न निर्देशन

टोखा र तारकेश्वरलाई अवैध उत्खनन रोक्न निर्देशन

Trulli
ADVERTISEMENT

काठमाडौं - काठमाडाैंको  टोखा र तारकेश्वर नगरपालिकालाई शिवपुरी नागार्जुन मध्यवर्ती क्षेत्रको अवैध उत्खनन् रोक्न खानी तथा भूगर्भ विभागले निर्देशन दिएको छ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्रमा जग्गा सम्माउने नाममा अनधिकृत र अवैध  भएको भन्दै रोक्न निर्देशन दिएको हो । 


जग्गा सम्माउने सिफाारिस बनाई फरक काम भएको भन्दै उजुरी परेसँगै विभागले नगरपालिकालाई  पत्राचारमार्फत निर्देशन दिएको हो ।


माटो, बालुवाजस्ता निमार्णमुखी सामग्रीको अनुगमन, नियमन र नियन्त्रण गर्ने कार्य स्थानीय निकायको दायराभित्र रहेकाले  जग्गा सम्माउने बहानामा अवैध उत्खनन भएको छ-छैन, अनुगमन गरी त्यसलाई रोक्न विभागले गत २० कात्तिकमा  निर्णय गरेको थियो । 


नगरपालिकाका वडालाई पत्र 


टोखा नगरलाई खानी तथा भूगर्भ विभागबाट निर्देशन प्राप्त भएसँगै सबै वडा कार्यालयहरूलाई पत्राचार गरेको छ । वडाभित्र जग्गा सम्माउने नाममा अनधिकृत र अवैध उत्खनन भए-गरेकोबारे अनुगमन गरी सो कार्य रोक्न लगाउन निर्देशनात्मक आदेश दिइएको छ । 


उपत्यकाका यी नगरपालिकासहित बुढानीलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी मनोहरा र शंखरापुर नगरका निकुन्ज आसपासका क्षेत्रमा पनि गैरकानुनी र अवैध रुपमा जग्गा सम्माउने नाममा बालुवा तथा माटोको बिक्री वितरण हुने गरेको उजुरी प्राप्त भएसँगै कारबाही अगाडि बढाउने तयारी छ । बिनाअनुमति सञ्चालनमा रहेका बालुवा वासिङ र डिपोहरूलाई पनि कारबाही गर्न सरोकारवाला निकायलाई विभागले सजग गराएको छ ।


स्थानीय तहको निर्वाचनपछि काठमाडौं उपत्यकाका काँठ क्षेत्रमा आफ्नाे व्यवसायलाई केन्द्रित गरेका जग्गा व्यापारी तथा दलालले जनप्रतिनिधि र कर्मचारीलाई प्रलोभनमा पारेर अनुमति सिफारिसमा उल्लेख गरिएभन्दा फरक रुपमा अवैध काम गर्दै आएको गुनासो स्थानीयले गर्दै आएका छन् ।