close

बजार अनुगमनमा मुगुका स्थानीय सरकार माैन

बजार अनुगमनमा मुगुका स्थानीय सरकार माैन

Trulli
ADVERTISEMENT

मुगु - हिमाली जिल्ला मुगुको सदरमुकाम गमगढी बजारमा संयुक्त रूपमा अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय मुगुको नेतृत्वमा गएको सयुंक्त टोलीले उक्त बजारमा अनुगमन गरेको हो ।


सदरमुकाम गमगढी बजारका दुई दर्जनभन्दा बढी खाद्य सामग्री पसलहरूमा गरिएको संयुक्त अनुगमनको क्रममा केही पसलहरूमा म्याद गुज्रिएका विभिन्न खाद्य सामग्रीहरू भेटिएको अनुगमन टोलीले जनाएको छ ।


म्याद सकिएका केही सामग्रीहरू नियन्त्रणमा लिएको र केही दर्ता नभएका पसलहरू र मूल्य सूची नराखेको भेटिएकाले उनीहरूलाई सचेत गराइएको प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले जानकारी दिए । 

 

अनुगमन टोलीले पसल दर्ता तथा नवीकरण, मूल्य सूची, मूल्य र सामानको म्याद भए-नभएको र नाप, तौललगायत विभिन्न विषयहरूको पनि अनुगमन गरेको छ ।


अनुगमन टोलीमा जिल्ला प्रहरी कार्यालय मुगु, उद्योग बाणिज्य संघ मुगुलगायत अन्य सरकारी कार्यालयका कर्मचारी जिल्ला प्रशासन कार्यालय मुगुका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । जिल्लामा रहेका एक नगरपालिका र तीन गाउँपालिकाका स्थानीय तहले अनुगमनको कुनै चासो दिएका छैनन् ।

 

बजार अनुगमनमा स्थानीय सरकारको दायित्व रहे पनि स्थानीय तहहरू मौन रहेको यहाँका व्यापारीले बताएका छन् ।