close

कृषकको प्रश्नः तरकारीको मूल्य तोक्ने पालिका फूल र मालाको मूल्य किन तोक्दैनन् ?

कृषकको प्रश्नः तरकारीको मूल्य तोक्ने पालिका फूल र मालाको मूल्य किन तोक्दैनन् ?

Trulli
ADVERTISEMENT

भक्तपुर- चाँगुनारायण नगरपालिका ९ का सरस्वती बनमालालाई तिहार आउन नपाउँदै भ्यानभ्याई हुन्छ  । उमेरले ५० बसन्त पार गरिसकेकी उनीतिहारको लागि मखमली फूल र सयपत्री फूल तयार पार्छिन्  । तयार भएका ती फूललाई माला बनाई बजारमा बेच्न लैजान्छिन् ।

 

‘यो वर्ष फूलको माग बढी छ ।  कोरोनाका कारण फूलखेती गर्नेको कमी भयो । उनले भने, ‘फूल रोप्ने समयमा लकडाउनले माला बिक्री गर्न सकिदैन भन्ने हल्लाचलेको थियो । सायद् त्यसैले होलाफूल रोप्नेको कमी भएको ।’

 

उनकाअनुसार मखमली फूल बैशाख महिनाबाट रोप्न शुरु हुन्छ । असार महिनाला गेपछि टिपेर माला उन्न तयार हुन्छ । दसैँ सकिने वित्तिकै ग्राहकहरुको माग आउन थाल्छ ।

 

उनले वार्षिक ४ देखि ५ लाखसम्मको माला बेच्ने गरेकी छिन् । परिवारमा अरु सदस्य भएतापनि सबै आफ्नो काममा व्यस्त हुने भएकोले फूल खेतीको काम सबै आफैले गर्ने बनमालाले पालिकाखवरलाई सुनाइन् ।

 

‘धानखेती  नहुने जग्गामा फूल खेती गरेका छौँ । यो वर्ष करिव एक रोपनी जग्गामा फूल खेती गरेका छौँ । उनले भनिन्,  ‘यो वर्ष मखमलीका दुई हजार माला र सयपत्री माला बनाएका छौँ ।’


बनमालाले  मालालाई काठमाडौँ, भक्तपुरका विभिन्न  पसलहरुमा पठाउने गरेकी छिन् । उनकाअनुसार यो वर्ष फूल खेती  कमभएकोले मालाको मूल्यमा बृद्धि भएको छ ।


तर, स्थानीय सरकार तथा केन्द्रीय सरकारले मालाको मूल्य निर्धारण नगरेकोमा उनले गुनासो गरिन् । सरकारले अन्नबालीको मूल्य निर्धारण गरिदिएको छ । तर मालाको मूल्य निर्धारण गरेको छैन । उनले भने, ‘जसले मालाको मूल्य मनपरी भएको छ । हामीसँग ३० रुपैयाँमा लिएको माला व्यापारीले ३ सय सम्म बेच्ने गरेका छन् ।’


उनले अरु स्थानी यतहले फूल खेती गर्न अन्य पालिकाले बिउ अनुदान दिएतापनि आफ्नो पालिकाले नदिएकोमा दुखेसो पोखिन् ।