close

अछामका स्थानीय तहमा स्वाब संकलन हुनै छाड्यो, जिल्लाको एक मात्र प्रयोगशाला ४ दिनदेखि ठप्प

अछामका स्थानीय तहमा स्वाब संकलन हुनै छाड्यो, जिल्लाको एक मात्र प्रयोगशाला ४ दिनदेखि ठप्प

Trulli
ADVERTISEMENT

अछाम– अछाम जिल्लामा पछिल्लो समयमा कोरोना भाइरसको परीक्षणका लागि स्वाब संकलन हुन छाडेको छ । तिहारपछि भने एक जनाको समेत स्वाब संकलन नभएको पाइएको छ । देशभर कोभिड– १९ को संक्रमण दिनानुदिन बढ्दै गए पनि अछाममा जिल्लाभित्रै पीसीआर परीक्षण प्रयोगशाला हुँदासमेत स्वाब संकलन भएको छैन ।


जिल्लामा कोरोना परीक्षण गर्न कमलबजार नगरपालिकाले स्थापना गरेको कोरोना परीक्षण प्रयोगशालामा विगत ४ दिनदेखि स्वाब नहुँदा कोरोना परीक्षण रोकिएको प्रयोगशालका सूचना अधिकारी टेकबहादुर बिष्टले बताए ।

 

अछाम जिल्लाका विभिन्न १० वटा स्थानीय तहहरूले स्वाब संकलन नगर्दा कमलबजार नगरपालिकाको पहलमा स्थापना भएको जिल्लाको एक मात्र प्रयोगशालामा कोरोना परीक्षण रोकिएको बिष्टको भनाइ छ ।


हाल जिल्लामा भारतसहित अन्य देशका विभिन्न ठाउँबाट जिल्ला भित्रिने र बाहिरिनेको संख्यामा कमी नआएका कारण पनि कोरोनाको संक्रमण फैलिएको हुन सक्ने अनुमान छ । जिल्लाभित्र र बाहिर ओहोरदोहोर गर्दा संक्रमण फैलिएको हुने सक्ने आँकलन गरिएको छ ।


कमलबजार नगरपालिकाले स्थापना गरेको कोरोना परीक्षण प्रयोगशालामा हाल क्षमताभन्दा न्यून संख्यामा मात्र कोरोना परीक्षण हुने गरेको छ । दैनिक ९६ को संख्यामा कोरोना परीक्षण गर्ने क्षमता रहेको प्रयोशालामा सुरुवातमा २४ घण्टामा १२८ जनाको कोरोना परीक्षण हुने गरेको थियो । पछिल्लो समयमा अछाममा दिनमा ५० जनाको स्वाबसमेत संकलन हुँदैन ।


देशका विभिन्न ठाउँमा कोरोना संक्रमणको जोखिम बढ्दै गइरहेका बेला अछाममा भने कोरोना परीक्षणका लागि स्वाब नै संकलन नहुँदा जिल्लामा कोरोनाको जोखिम बढ्दै गएको छ ।