close

अछाममा कोरोनाबाट स्वास्थ्यकर्मीको मृत्यु

अछाममा कोरोनाबाट स्वास्थ्यकर्मीको मृत्यु

Trulli
ADVERTISEMENT

अछाम– कोरोना भाइरसको संक्रमणबाट अछाम जिल्लामा एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । जिल्लाको तुर्माखाँद गाउँपालिकाकाे रहफ स्वास्थ्य चौकीमा कार्यरत सिनियर अहेब कपिल श्रेष्ठको मृत्यु भएको हो ।


कोरोना भाइरस कोभिड १९ को संक्रमण रोकथाम र नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी सिनियर अहेब श्रेष्ठको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढी कैलालीमा मृत्यु भएको स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।


योसँगैँ जिल्लामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । स्वास्थ्य कार्यालय अछामका अनुसार जिल्लामा हाल २८ जना सक्रिय संक्रमित छन् ।