close

शिक्षा विकास तथा समन्वय इकाई डडेल्धुरामा लाग्याे ताला

शिक्षा विकास तथा समन्वय इकाई डडेल्धुरामा लाग्याे ताला

Trulli
ADVERTISEMENT

डडेल्धुरा - शून्य दरबन्दी भएका सामुदायिक विद्यालयमा दिइँदै आएको शिक्षण सिकाइ अनुदान कोटामा कार्यरत डडेल्धुराका शिक्षकहरूले आइतबार शिक्षा इकाई डडेल्धुरामा तालाबन्दी गरेका छन् । 

 

शैक्षिक सत्रको आठ महिना बितिसक्दा पनि नेपाल सरकारबाट प्रदान गरिँदै आएको उक्त कोटाका लागि विनियोजित रकम निकासाको कुनै आधिकारिक जानकारीसम्म नआएकाले तालाबन्दी गरिएको हो । 


यसअघि आफूहरूले स्थानीय तह, शिक्षा विकास तथा समन्वय इकाई, शिक्षा तथा मानव स्रोत विकास केन्द्र र शिक्षामन्त्रीलाई उक्त विषयमा ध्यानाकर्षण पठाएको तर कुनै जवाफ नआएकाले आफूहरू तालाबन्दी गर्न बाध्य भएको समेत संघर्ष समितिका संयोजक केशवबहादुर साउदले बताए ।


सामुदायिक विद्यालयको शिक्षण सुधारका लागि मुख्य विषय अंग्रेजी, गणित र विज्ञान शिक्षकको अभाव परिपूर्तिका लागि नेपाल सरकारले शिक्षक अभाव भएका तथा शून्य दरबन्दी भएका विद्यालयहरूलाई २०७५ सालदेखि एकमुष्ट रकम प्रदान गर्दै आएको थियो । यस वर्ष कोरोनाको कारण देखाउँदै गत असार महिनामै निकासा हुनुपर्ने रकम आठ महिनासम्म निकासा नगरेको उनीहरूको भनाइ छ । 


आर्थिक वर्षको विनियोजित बजेट निकासा गरिनुपर्ने, अनुदानका कार्यरत शिक्षकलाई निरन्तरता दिइनुपर्ने र तलबभत्ताबापतको रकम नेपाल सरकारले तोकेबमोजिम अन्य शिक्षकहरूको जस्तै हुनुपर्ने शिक्षकहरूको माग छ ।