close

तलव खर्चेर पर्यटनमन्त्री भट्टराईले गरे ताप्लेजुङका एक हजार पाँच सयको बिमा

तलव खर्चेर पर्यटनमन्त्री भट्टराईले गरे ताप्लेजुङका एक हजार पाँच सयको बिमा

Trulli
ADVERTISEMENT

ताप्लेजुङ-  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कोरोना बिमाबापत प्राप्त रकम र आफ्नो पारिश्रमिकबाट ताप्लेजुङका एक हजार पाँच सय ७६ जनाको कोरोना बिमा गरिदिएका छन् । मन्त्री भट्टराईको स्वकीय सचिवालयले बुधबार विज्ञप्तिमार्फत उक्त जानकारी दिएको हो ।


पर्यटनमन्त्रीका प्रमुख स्वकीय सचिव प्रेम गुरागाईंका अनुसार कोरोना बिमाबापत भट्टराईले प्राप्त गरेको एक लाखबाट ताप्लेजुङका तीन सय न्यून आय भएका, विपन्न, विद्यार्थी, असहाय तथा मजदुरको कोरोना बिमा गरिएको छ ।


मन्त्री भट्टराई गत ८ असोजमा कोरोना संक्रमित भई करिब १० दिनपछि संक्रमण मुक्त भएका थिए । कोरोना बिमाबापत उनले बिमा कम्पनीबाट एक लाख रुपैयाँ पाएका थिए ।


स्वकीय सचिव गुरागाईंका अनुसार मन्त्री भट्टराईले यसअघि नै ताप्लेजुङ स्थायी ठेगाना भएका एक हजार दुई सय ७६ जनाको कोरोना बिमा गरिदिएका छन् । मन्त्री भट्टराईकै ८० प्रतिशत आर्थिक सहयोगमा नेकपा निकट प्रेस संगठन नेपालले ताप्लेजुङका ५० भन्दा बढी सञ्चारकर्मीको कोरोना बिमा गरिएको छ । मन्त्री भट्टराई ताप्लेजुङबाट प्रतिनिधिसभामा निर्वाचित सदस्य हुन् ।