close

दिप्रुङ चुइचुम्माले दियो किसानलाई निःशुल्क मिल र थ्रेसर

दिप्रुङ चुइचुम्माले दियो किसानलाई निःशुल्क मिल र थ्रेसर

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले किसानलाई कुटानी पिसानी मिल, धान काट्ने थ्रेसर र क्यारेट वितरण गरेको छ ।

 

गाउँपालिकाले कुटानी पिसानीका लागि महिलालाई तीन वटा मिल, सुन्तला, लिची, कागतीजस्ता पकेट क्षेत्रका किसानलाई ६ सय थान क्यारेट र धान काट्ने सात वटा थ्रेसर मेसिन प्रदान गरेको हो ।

 

नरमाया कृषक समूह याम्खा, डाँडागाउँ खुतुम्बुकी मैया तामाङ र छोरम्बुकी रनमाया श्रेष्ठलाई एक–एक थान कुटानी पिसानी मिल प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताए ।

 

‘मौसमी बिजवृद्धि कृषक समूह याम्खा, अजम्बरी कृषक समुह याम्खा, सिंहदेवी कृषक समूह डाँडागाउँ, नवप्रभात कृषक समूह छोरम्बु, राम्चे हरियाली कृषक समूह बतासे, चुचुढुंगा कृषक समूह सछितापोखरी र अन्नपूर्ण कृषक समूह टेम्मालाई थ्रेसर प्रदान गरेका छौं’, गाउँपालिका अध्यक्ष राईले भने ।

 

गाउँपालिकाले ७ वडाभित्रका २१ कृषक समूहलाई प्रतिसमूह २५ वटाका दरले क्यारेट र १० कृषकलाई ७५ वटा क्यारेट प्रदान गरेको छ । कृषि सामग्री गाउँपालिका अध्यक्ष राई र उपाध्यक्ष सपना राईले किसानलाई हस्तान्तरण गरे ।

 

गाउँपालिकाले स्वीस विकास सहयोग नियोगको आर्थिक सहयोग एवं नेपाल कृषि सेवा विकास कार्यक्रम (प्रयास)सँगको साझेदारीमा किसानलाई कृषि उपकरण वितरण गरेको हो ।