close

हलेसी तुवाचुङले बनायो कोरोना अस्पताल

हलेसी तुवाचुङले बनायो कोरोना अस्पताल

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले अस्थायी कोरोना अस्पताल स्थापना गरेको छ । नगरपालिकाले पाँच शय्याको अस्थायी कोभिड अस्पताल स्थापना गरेको हो । अस्थायी कोभिड अस्पताल नगरप्रमुख राई र उपप्रमुख विमला राईले उद्घाटन गरे ।


संघीय सरकारले उपलब्ध गराएको १० लाख रुपैयाँ र नगरपालिकाको लगानीमा हलेसी तुवाचुङ नगरपालिका- ५ दुर्छिमस्थित स्वास्थ्य चौकीमा तीन महिनाका लागि अस्थायी कोभिड अस्पताल स्थापना गरिएको हो ।

 

कोरोना भाइरसको संक्रमण दर फैलिएर भयवाह स्थिति निम्तिएको अवस्थामा नागरिकको गाउँमै सहज उपचार व्यवस्थाका लागि अस्थायी कोभिड अस्पताल स्थापना गरिएको नगरप्रमुख इवन राईले बताए ।

 

‘एक एमबीबीएस डाक्टर, दुई स्टाफ नर्स र एक कार्यालय सहयोगी व्यवस्था गरेर अस्थायी कोभिड अस्पताल संचालनमा ल्याइएको छ’, नगरप्रमुख राईले भने ।


स्थानीय तहमा कोरोना संक्रमित भेटिए उपचारका लागि जिल्ला अस्पताल वा जिल्लाबाहिर पठाउनुपर्ने बाध्यता हटेको उनले बताए ।

 

‘नागरिकलाई पीसीआर परीक्षण गर्दा संक्रमण देखियो भने बाहिर पठाउनुभन्दा आफ्नै ठाउँको आइसोलेसनमा राख्ने व्यवस्थाका लागि अस्थायी कोभिड अस्पताल स्थापना गरिएको हो’, नगरप्रमुख राईले भने, ‘संघीय सरकारले अस्थायी कोभिड अस्पताल संचालन गर्न तीन महिनाका लागि खर्च दिएको छ तर हामी आफ्नै साधन, स्रोत प्रयोग गरेर यसलाई स्थायी अस्पताल बनाउने सोचमा छौँ ।’