close

ताप्लेजुङलाई तिब्बत सरकारको स्वास्थ्य सामग्री सहयोग

ताप्लेजुङलाई तिब्बत सरकारको स्वास्थ्य सामग्री सहयोग

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- चीनको स्वशासित क्षेत्र तिब्बतको डिङ्जी काउन्टी सरकारले ताप्लेजुङका लागि ५०० थान भीटीएम भाइल र १० हजार थान मास्क सहयोग गर्ने भएको छ ।


यसअघि पनि ताप्लेजुङका लागि कोरोनाविरुद्ध प्रयोग हुने स्वास्थ्य सामग्री सहयोग गरेको डिङ्जी काउन्टी सरकारले पुनः सहयोग गर्न लागेको हो ।


‘मैले सामान बुझिदिनुपर्‍यो भनेर फक्ताङलुङ गाउँपालिकाका जनप्रतिनिधिमार्फत ओलाङचुङगोलाको प्रहरी टोलीलाई भनेको छु’, प्रमुख जिल्ला अधिकारी झरेन्द्र चापागाईंले भने ।

 

भीटीएम भाइल स्वाब संकलन गर्ने उपकरण हो । यसअघि तिब्बतको डिङ्जी काउन्टी सरकारले एक हजार २०० थान र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) किट, एक हजार २०० थान पीपीई सेट, एक लाख १० हजार थान सर्जिकल मास्क र थर्मलगनसहितका सामग्री दिइसकेको छ ।


डिङ्जी काउन्टी सरकारले फक्ताङलुङ गाउँपालिकालाई पनि कोरोनाविरुद्धका स्वास्थ्य सामग्री सहयोग गरेको थियो । फक्ताङलुङ नेपाल-तिब्बत सीमावर्ती पालिका हो ।