close

स्वास्थ्य केन्द्रलाई अस्पताललाई स्तरोन्नति गर्दै शिवसताक्षी

स्वास्थ्य केन्द्रलाई अस्पताललाई स्तरोन्नति गर्दै शिवसताक्षी

Trulli
ADVERTISEMENT

झापा - झापाको शिवसताक्षी नगरपालिकाले शिवगञ्ज प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालमा स्तरोन्नति गर्न सुरु गरेको छ ।

 

शिवसताक्षी नगरपालिका वडा- ६ मा रहेकोे प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी १५ शय्याको अस्पताल बनाउन थालिएको वडाध्यक्ष मनोज कार्कीले बताए ।

 

‘शिवगञ्ज प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिसँगै शिवगञ्ज आधारभूत अस्पताल नामकरण गरिएको छ । अस्पतालमा आवश्यक दक्ष जनशक्ति व्यवस्थापन गर्दै छौँ’, कार्कीले भने ।


अस्पताल निर्माणपछि स्थानीय उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता हट्ने नगरप्रमुख चन्द्रकुमार शेर्माले जानकारी दिए । उनले भने, ‘अब भौतिक पूर्वाधार तथा उपकरण व्यवस्थापन गरेर अस्पतालको सुरु हुन्छ ।’ 


शिवगञ्ज आधारभूत अस्पतालमा ३ मेडिकल अधिकृतसहित २७ जनाको दरबन्दी हुनेछ । केही अघि स्वास्थ्य केन्द्रमा कार्यरत एमबिबिएस डाक्टरको सरुवा भएपछि सेवा प्रभावित बनेको थियो ।


अस्पताल निर्माणका लागि जनआदर्श माध्यमिक विद्यालयले १ बिघा जग्गा शिवगञ्ज आधारभूत अस्पताललाई प्रदान गरेपछि १५ शय्याको अस्पताल बन्ने भएको हो । 

 

अस्पताल निर्माणका लागि १८ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । विनियोजितमध्ये ३ करोड २३ लाख रुपैयाँ चालू वर्षमा खर्चिने गरी निकासा भएको छ । २ वर्षभित्र अस्पताल भवन निर्माण सम्पन्न हुने नगरपालिकाले जनाएको छ ।