close

हिमपातले सेताम्यै पाथीभरा

हिमपातले सेताम्यै पाथीभरा

Trulli
ADVERTISEMENT

ताप्लेजुङ - ताप्लेजुङमा यो वर्ष अघिल्लो वर्षभन्दा एक साताअघिबाट हिमपात सुरु भएको छ । अघिल्लो वर्ष २८ मंसिरमा पहिलो पटक हिमपात भएको थियो । 

 

३ हजार ७ सय ९४ मिटर उचाइमा रहेको पाथीभरा मन्दिर र र आसपासमा भने गत शुक्रबार बेलुकी हिमपात भएको थियो । पाथीभरा मन्दिरका पुजारी डिल्ली आचार्य शनिबार दिउँसोबाट हिउँ नपरे पनि मौसम धुम्मिएका कारण पानी र हिमपातको सम्भावना रहेकाे बताए 

 

‘चिसो निकै छ । शनिबार बिहानसम्म फाट्टफुट्ट हिउँ परिरहेको थियो’, उनले भने, ‘मन्दिरको मुख्य प्रवेशद्वारबाट मन्दिर परिसरसम्मै हिउँ जमेको छ ।’ आजभोलि रातीको समय पानी परे सँगै हिउँ थपिने सम्भावना रहेको उनले बताए । 

 

पाथीभराको माथिल्लो फेदी क्षेत्रमा भने अहिलेसम्म हिउँ आई नपुगेको त्यहाँका होटल व्यवसायी इन्द्रनारायण भट्टराईले जानकारी दिए । तर, माथिल्लो फेदीभन्दा उकालो पाथीभरा डाँडा पुग्ने बाटो हिउँ सेताम्मे भएका छन् ।

 

हल्का पानी र मौसम धुम्मिएसँगै हिमाली क्षेत्रमा हिमपात सुरु भएको छ । डाँडाकाँडा सेताम्मे देखिन थालेका छन् । बिहीबार बिहान अलिअलि पानी परेर दिउँसो उघ्रिए पनि शुक्रबार साँझबाट मौसम पूरै धुम्मिएको छ । मौसम नउघ्रने र पानी पर्ने क्रम सुरु भए हिमपातको मात्रा बढ्ने बताउँछन् ।