close

जुम्लाको तिलामा सुविधासम्पन्न अस्पताल

जुम्लाको तिलामा सुविधासम्पन्न अस्पताल

Trulli
ADVERTISEMENT

जुम्ला–  जुम्लाको तिला गाउँपालिका–३ कुडारीमा सुविधायूक्त १० शय्याको अस्पताल बन्ने भएको छ । अस्पताल निर्माणका लागि स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले सोमबार एक कार्यक्रमकाबीच शिलान्यास गरेका हुन् ।

 

स्वास्थ्य सुविधाबाट पछि परेका नागरिकलाई स्वास्थ्यको पहँचमा ल्याउन र उनीहरुको दीर्घायूका निम्ति स्थानीय तहमै सुविधायुक्त अस्पताल निर्माण गर्न थालिएको राज्यमन्त्री रावतले बताए ।


शिलान्यासका क्रममा मन्त्री रावतले नेपाल सरकारले कर्णाली प्रदेशका ४१ स्थानीय तहमा ४२ वटा ५, १० र १५ शैयाका अस्पताल निर्माणको कार्य थालिएको बताए ।


संरचनासहित दक्ष जनशक्ति र उपकरण पनि सरकारले उपलव्ध गराउने उनले विश्वाश व्यक्त गरे ।  साथै उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई थप २ शय्या थपेर ५ सय शय्याको बनाउन बजेट विनियोजन जानकारी दिए ।

पूर्वराज्य मन्त्री बलबहादुर महतले विरामी पर्दा सहज होस भन्ने अवधारण अनुसार नै स्थानीय तहमै सुविधा सम्पन्न अस्पताल बनाउन पहल गरिएको बताए ।


पहिलो चरणमा तिला र कनकासुन्दरी गाउँपालिकामा अस्पताल निर्माणका लागि शिलान्यासदेखि अन्य काम सुरु भइसकेका छन्


तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले नागरिकमा हितका लागि संघ र प्रदेशसँग समन्वय गरि अघि बढेको बताए  । दीर्घकालिन, मध्यकालीन र अल्पकालीन योजना बनाएर स्वास्थ्य क्षेत्र सुधारमा जुटेको उनले उल्लेख गरे ।


तिला गाउँपालिका उपाध्यक्ष विष्णुमाया बुढाले ३१ गाउँबस्ती रहेको तिलामा गुणस्तरीय स्वास्थ्यमा अझै समस्या रहेको बताइन्  । १० शय्याको अस्पतालले दुर्गम क्षेत्रको स्वास्थ्य सुधारमा नयाँ आयम थप्ने उनको भनाइ छ ।