close

जग्गा विवादले केपिलासगढीमा बल्ल अस्पताल भवन शिलान्यास

जग्गा विवादले केपिलासगढीमा बल्ल अस्पताल भवन शिलान्यास

Trulli
ADVERTISEMENT

खोटाङ– खोटाङको केपिलासगढी गाउँपालिकामा आधारभूत अस्पताल भवन शिलान्यास गरिएको छ । प्रत्येक स्थानीय तहमा अस्पताल स्थापना गर्ने सरकारको निर्णयअनुसार केपिलासगढीमा १५ शय्याको भवन शिलान्यास भएको हो ।

 

१८ करोड ६ लाख ८२ हजार रुपैयाँमा निर्माण सम्पन्न हुने अस्पताल भवन प्रतिनिधिसभा सांसद विशाल भट्टराई, प्रदेशसभा सांसद राजन राई र गाउँपालिका अध्यक्ष कृष्णकुमार राईले संयुक्त रूपमा शिलान्यास गरेका हुन् ।

 

अस्पताल स्थापनाका लागि नेपाल सरकारले गाउँपालिकालाई ३ करोड ७० लाख रकम निकासा दिएपछि भवन शिलान्यास गरिएको हो ।


अस्पताल निर्माणका लागि केपिलासगढी वडा– ४ बाक्सिलाको जरंखामा स्थानीय कर्णबहादुर गुरुङ र भीमकेशर गुरुङले करिब १ करोड बढी मूल्यको ९ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका छन् ।

 

निःशुल्क जग्गामा क्रमागत योजनाका रूपमा अस्पताल भवन निर्माण गरिने गाउँपालिकाका अध्यक्ष राईले बताए ।

 

जिल्लाको २ नगरपालिका र ८ गाउँपालिकामध्ये गत १५ मंसिरमा हलेसी तुवाचुङ नगरपालिका, ऐँसेलुखर्क गाउँपालिका र जन्तेढुंगा गाउँपालिकामा १५ शय्याको तथा रावाबेँसी गाउँपालिकामा १० शय्याको अस्पताल भवन शिलान्यास गरिएको थियो ।

 

रावाबेँसीमा भने स्वास्थ्यचौकी खार्पालाई नै १० शय्याको अस्पतालमा रुपान्तरण गरिनेछ । यस्तै, साकेलाको रतन्छा स्वास्थ्य चौकीलाई ५ शय्याको अस्पतालमा स्तरोन्नति गर्ने गरी सरकारले बजेट पठाएको छ । साकेलामा अस्पतालको भवन शिलान्यास गर्नै बाँकी छ ।