close

स्थानीय सरकारका प्रमुख भन्छन्ः संसद विघटन सिफारिस संविधानविपरीत छ आन्दोलन गर्छौं

स्थानीय सरकारका प्रमुख भन्छन्ः संसद विघटन सिफारिस संविधानविपरीत छ आन्दोलन गर्छौं

Trulli
ADVERTISEMENT

सर्लाही- राष्ट्रपति समक्ष संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व ससरकारको निर्णयलाई स्थानीय सरकारले गैरसंवैधानिक कदम भन्दै यसविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ ।

प्रधानमन्त्रीको कदमबारे प्रतिक्रिया दिँदै सर्लाहीको बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाले संघीय सरकारले संविधानविरोधी काम गरेको भन्दै आन्दोलन गर्ने चेतावनी दिए ।

‘यो संघीय सरकारको अलोकतान्त्रिक र संविधानविपरीत काम हो, यसका विरुद्ध हामी आन्दोलनमा जान्छौँ’, पालिकाखबरसँग कुरा गर्दै उनले भने ।

उनले संघीय सरकारको यो कदमलाई आफ्नो (स्थानीय) सरकारले असंवैधानिक ठहर गरेको भन्दै तत्काल कार्यपालिकाको बैठक बसेर संघीय सरकारको कदमविरुद्ध खेद प्रस्ताव पारित गरी अघि बढ्ने बताए ।

‘संघीय सरसकारको असंवैधानिक कदमको मेरो नेतृत्वको स्थानीय सरकार विरोध गर्छ । हामी कार्यपालिका बैठक बसेर संघीय सरकारको यो कदमविरुद्ध प्रस्ताव पास गर्छौं र बृहत् आन्दोलनमा उत्रिन्छौँ’, थापाले भने ।