close

ताप्लेजुङ जिसस प्रमुख मादेन भन्छन्ः ‘अब मुलुक १५ वर्ष पछि पर्‍यो’

ताप्लेजुङ जिसस प्रमुख मादेन भन्छन्ः ‘अब मुलुक १५ वर्ष पछि पर्‍यो’

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङ जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनले प्रतिनिधिसभा विघटन स्थानीय सरकारका लागि दुर्भाग्यको विषय भएको बताएका छन् । उनले प्रतिनिधिसभा विघटनले स्थानीय सरकारको बजेट व्यवस्थापनसम्ममा हलचल ल्याउने भएकाले यो कदम दुर्भाग्यपूर्ण रहेको बताए । 


प्रतिनिधिसभा विघटनले मुलुकलाई अब १५ वर्ष पछाडि पार्ने उनको अनुमान छ । अहिले स्फुर्त रूपमा अघि बढिरहेको विकासको गति प्रतिनिधिसभा विघटनले अन्योलमा धकेल्ने समन्वय समिति प्रमुख मादेनले बताए । 


स्थानीय सरकारका लागि आगामी बजेट कस्तो हुने भन्ने निर्क्याेल गर्नेसमेत संघीय सरकारमा निहित रहने अवस्थामा जवाफदेहीपूर्ण बजेट व्यवस्थापनमा प्रतिनिधिसभा विघटनले उल्झन ल्याउने उनले बताए । उनी तत्कालीन नेकपा एमालेका तर्फबाट जिल्ला समन्वय समितिमा निर्वाचित भएका थिए ।