close

टाटा मोटर्स ग्लोबल सर्भिस क्याम्पमा लिए ५ हजार गाडीले लाभ

टाटा मोटर्स ग्लोबल सर्भिस क्याम्पमा लिए ५ हजार गाडीले लाभ

Trulli
ADVERTISEMENT

काठमाडौं- नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी टेडिङ प्रा.लि.ले ग्लोबल सर्भिस क्याम्प २०२० यही २८ मंसिरदेखि ८ पुससम्म संचालन गरिरहेको छ । 


वर्तमान परिस्थितिलाई ध्यानमा राखेर यस वर्षको ग्लोबल सर्भिस क्याम्प स्वास्थ्य र सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्दै, ग्राहक तथा कर्मचारीहरूलाई विशेष ध्यानमा राखी संचालन भइरहेको बताइएको छ ।


सर्भिस सेन्टर परिसरभित्र भीडभाड कम गर्न र भौतिक दूरी कायम गर्न सहज होस् भनेर ग्राहकहरूलाई अग्रिम बुकिङको पनि व्यवस्था गरिएको छ, जहाँ ९८०१२२३३४४ मा मिसकल गरेर सजिलै अग्रिम बुकिङ गर्न सकिनेछ ।


आजको मितिसम्म करिब चार हजार ९९० वटाभन्दा बढी टाटा कर्मर्सियल गाडीहरूले यस ग्लोबल सर्भिस क्याम्पको लाभ उठाइसकेको बताइएको छ । ८ पुसमा ग्लोबल सर्भिस क्याम्पको यस चरणको अन्तिम दिन रहेको छ ।


गाडीसँग सम्बन्धित सम्पूर्ण सल्लाह, सुझाव र जानकारी दिने हेतुले आयोजना गरिएको ग्लोबल सर्भिस क्याम्पमा निःशुल्क बम्पर टु बम्पर चेकअप, निःशुल्क सर्भिसिङ, स्पेयर पार्ट्स्, लुब्रिकेन्ट्स र ब्याट्रीमा भारी छुट, चालकहरूका लागि निःशुल्क तालिम, हरेक दिन स्मार्ट फोन जित्ने अवसर र प्रत्येक दिन टाटा गाडीसम्बन्धी अनलाइन परामर्श जस्ता सुविधाहरू यस वर्षका प्रमुख विशेषताहरू छन् ।