close

महेश बस्नेतको नेतृत्वमा जनकपुरमा ओली समूहको शक्ति प्रदर्शन

महेश बस्नेतको नेतृत्वमा जनकपुरमा ओली समूहको शक्ति प्रदर्शन

Trulli
ADVERTISEMENT

धनुषा– प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री केपी ओलीको पक्षमा जनकपुरधाम उपमहानगरमा मोटरसाइकल र्‍यालीसहितको प्रदर्शन भएको छ ।

 

नेकपा नेता महेश बस्नेतको अगुवाइ र युवा संघका नेता सञ्जीव झाको नेतृत्वमा भएको मोटरसाइकल ¥यालीका सहभागीले ‘अघि बढ केपी बा, साथ दिन तयार छौँ, केपी ओली जिन्दावाद’ जस्ता नारा लगाउँदै नगर परिक्रमा गरे ।

 

जनकपुरधामसँगैको लक्ष्मीनिया गाउँपालिकास्थित बाबाको ढाबा होटल नजिकबाट निकालिएको मोटरसाइकल ¥यालीले नगरको विभिन्न भाग परिक्रमा गर्दै जनकपुर उद्योग वाणिज्य संघमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।

 

प्रधानमन्त्री ओलीले संविधानसभा विघटन गरेको कदमलाई सही भन्दै उनीहरूले समर्थनमा जनकपुरमा प्रदर्शन गरेका हुन् ।

 

जनकपुरमा मंगलबार नै ‘पार्टी एकताका लागि युवा अभियान’ नाम दिएर प्रदेश २ को आयोजनामा अन्तत्र्रिmया र युवा भेलालाई नेता बस्नेतले सम्बोधन गरिरहेका छन् ।