close

प्रचण्ड–नेपाल खेमाको निर्णयः केपी ओली बर्खास्त, माधव नेपाल अध्यक्ष

प्रचण्ड–नेपाल खेमाको निर्णयः केपी ओली बर्खास्त, माधव नेपाल अध्यक्ष

Trulli
ADVERTISEMENT

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) र वरिष्ठ नेता माधव नेपाल खेमाको बैठकले पार्टी अध्यक्ष केपी ओलीलाई वर्खास्त गर्ने निर्णय गरेको छ ।


यो खेमा समर्थित केन्द्रीय सदस्यहरुको बैठकले ओलीले पार्टीहित विपरित काम गरेको भन्दै साधारण सदस्यसमेत नरहने गरी वर्खास्त गरेको हो । ओलीलाई वर्खास्त गर्दै नेपाललाई एकल अध्यक्षका रुपमा अघि सारिएको छ ।


ओलीसँगै बिहान ९ बजे बालुवाटारमा ओलीले बोलाएको केन्द्रीय कमिटीमा सहभागी केन्द्रीय सदस्यहरुलाई पनि कारवाही गरेको प्रचण्ड ओली समूहको भेलामा सहभागी एक केन्द्रीय सदस्यले पालिका खबरलाई जानकारी दिए ।