close

कमल गाउँपालिकामा डिजिटल माटो परीक्षण ल्याब

कमल गाउँपालिकामा डिजिटल माटो परीक्षण ल्याब

Trulli
ADVERTISEMENT

झापा- झापाको कमल गाउँपालिकाले पहिलो पटक डिजिटल माटो परीक्षण ल्याब सञ्चालनमा ल्याएको छ ।  बिरुवालाई आवश्यक पर्ने माटोमा भएका सबै सूक्ष्म खाद्यतत्त्व परीक्षण गर्नबाट वञ्चित स्थानीय कृषकलाई लाभ दिने गरी डिजिटल माटो परीक्षण ल्याब सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले बताइन् । 

 

‘गत आर्थिक वर्षमै सञ्चालनमा ल्याइन लागेको ल्याब कोभिड– १९ का कारण पछि धकेलिएको हो । यो वर्षदेखि ल्याब सञ्चालन गरेका हौँ’, अध्यक्ष काफ्लेले भनिन् । ल्याब सञ्चालनमा आएपछि माटोको पहिचान गर्न सहज हुनुका साथै माटोमा उपयुक्त हुने खेतीसमेतको परीक्षण हुने भएकाले उत्पादन वृद्धि हुने उनको अपेक्षा छ ।

 

यसअघि स्थानीय कृषक खेतको माटो परीक्षण गर्न छिमेकी सुरुंगासम्म जानुपथ्र्यो । सुरुंगामा माटोमा भएको नाइट्रोजन, फस्फोरस, जिंक, क्याल्सियमलगायत तत्त्व मात्र परीक्षण हुने गरेको थियो ।

 

तर, गाउँपालिकामै स्थापना गरिएको ल्याबाट बिरुवालाई आवश्यक पर्ने १४ किसिमका खाद्यतत्त्व परीक्षण गर्न सकिने पालिकाका कृषि विकास शाखा प्रमुख महेन्द्र बोहराले बताए ।


डिजिटल प्रविधिद्वारा माटो परीक्षण गर्दा एक पटकमा १४ किसिमका खाद्यतत्त्वको परीक्षण हुने हुँदा कृषकले लाभ लिन सक्ने गाउँपालिकाले जनाएको छ ।