close

तलब काटेर वडाध्यक्षले बाँडे खेलकुद सामग्री

तलब काटेर वडाध्यक्षले बाँडे खेलकुद सामग्री

Trulli
ADVERTISEMENT

रुकुम पश्चिम– रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर- ३ का वडाध्यक्ष चन्द्रबहादुुर केसीले व्यक्तिगत खर्चमा खेलाडीलाई खेलकुद सामग्री हस्तान्तरण गरेका छन् ।


केसीले व्यक्तिगत रूपमा डेढ लाख रुपैयाँ खर्चेर गाउँपालिकाका १० वटै वडाका खेलाडीलाई पोसाक वितरण गरेका हुन् ।

 

१० वडाका एक सय ८० खेलाडीका लागि खेलकुद पोसाक खरिद गरेको वडाध्यक्ष केसीले बताए । हरेक वडाका १८ जनाले यस्तो पोसाक प्राप्त गरेका छन् ।


‘९ महिला र ९ पुरुष जना गरी १८ खेलाडीका लागि पोसाक वितरण गरेको हुँ । यसले गर्दा खेल क्षेत्रमा लाग्नेलाई प्रोत्साहन मिल्ने अपेक्षा छ’, वडाध्यक्ष केसीले भने ।

जिल्ला सदरमुकाम खलंगामा आयोजित भलिबल प्रतियोगिताको अवसर पारी खेलाडीलाई पोसाक वितरण गरिएको हो ।


बाँफिकोट गाउँपालिका खेलकुद विकास समितिले पोसाक खरिद गरेको थियो । समितिलाई पोसाक खरिद गर्न केसीले रकम हस्तान्तरण गरेका थिए ।


यसअघि पनि विभिन्न प्रतियोगितामा सहयोग गर्दै आएका वडाध्यक्ष केसीले अरू क्षेत्रमा पनि व्यक्तिग रूपमा आर्थिक सहयोग गर्दै आएका छन् ।


वडाध्यक्ष केसीकै अगुवाइमा वीरेन्द्र मावि बाँफिकोटमा २५ लाख रुपैयाँको आमाबुबा, छात्रवृत्ति अक्षय कोष स्थापना भएको छ । यो कोषमा पनि वडाध्यक्ष केसीले दुई लाख रुपैयाँ सहयोग गरेका छन् ।