close

कंचनपुरमा नेकपाबीच नै मारमुङ्ग्री (भिडियो खबर)

कंचनपुरमा नेकपाबीच नै मारमुङ्ग्री (भिडियो खबर)

ADVERTISEMENT

कंचनपुर- कंचनपुरको नेपाल कम्युनिस्ट पार्टी कार्यालय कब्जा गर्न खोज्दा अहिले कार्यालय परिसरमा नेकपाका विभाजित दुई पक्षबीच भिडन्तको अवस्था बनेको छ ।


केपी शर्मा ओली र प्रचण्ड-माधव नेपाल पक्षधर दुई पक्षबीच भिडन्तको अवस्था भएपछि अहिले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालित भएका छन् ।

 

प्रचण्ड-नेपाल नेतृत्वको नेकपाका स्थानीय नेता, कार्यकर्ता र केपी ओली पक्षका नेता कार्यकर्ताबीच सो ठाउँमा विवाद तथा घम्साघम्सी भइरहेको छ ।


प्रचण्ड-नेपाल पक्षले आज आइतबार साढे १२ बजे कार्यक्रम गर्ने तयारी गरेपछि त्यसलाई रोक्न ओली पक्षले कार्यालयमा ताला लगाएका थिए ।


पछि प्रचण्ड-नेपाल पक्षले ताला खोलेर कार्यक्रम गर्न खोजेपछि कार्यालय स्थलमा झडपको अवस्था भएको हो ।


घम्साघम्सीपछि प्रचण्ड-नेपाल पक्षले आज आइतबार साढे १२ बजे गर्न लागेको कार्यक्रम स्थगित गरिएको छ ।