close

दाङ र नवलपरासीमा ग्लोबल आईएमईको शाखारहित बैंकिङ सेवा

दाङ र नवलपरासीमा ग्लोबल आईएमईको शाखारहित बैंकिङ सेवा

Trulli
ADVERTISEMENT

काठमाडौं- ग्लोबल आईएमई बैंकले दाङको बबई गाउँपालिका वडा नम्बर- ४ हापुरे र नवलपरासीको हुप्सेकोट गाउँपालिका वडा नम्बर- ४ शंकरदेवमा शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ ।


यससँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या २४३ पुगेको छ । शाखारहित बैंकिङ सेवाबाट देशका ग्रामीण क्षेत्रका बासिन्दाले स्थानीय प्रतिनिधिमार्फत बैंकिङ सेवा लिन सक्नेछन् । 


यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको ब्याज भुक्तानीलगायत सेवा लिन सक्नेछन् ।


कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ सेवा उपभोग गर्न टाढाटाढासम्म पुग्नुपर्ने बाध्यता हटाउन बैंकले ती स्थानमा शाखारहित बैंकिङ सेवा सुरु गरेको हो ।


बैंकले हाल २६४ शाखा, २३९ एटीएम, ४७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीन अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालयमार्फत ग्राहकलाई बैंकिङ सेवा दिँदै आएको छ ।