close

सिप्रदी ट्रेडिङ र राष्ट्रिय वाणिज्य बैंकबीच सहकार्य

सिप्रदी ट्रेडिङ र राष्ट्रिय वाणिज्य बैंकबीच सहकार्य

Trulli
ADVERTISEMENT

काठमाडौं- नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालि र राष्ट्रिय वाणिज्य बैंकबीच सम्झौता भएको छ । टाटाका गाडी खरिद गर्न चाहने व्यक्ति तथा संस्थालाई सहज रूपमा कर्जा प्रदान गर्ने सम्बन्धमा दुई पक्षबीच सम्झौता भएको हो । 

 

सम्झौतापत्रमा सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र राष्ट्रिय वाणिज्य बैंकका सीईओ किरणकुमार श्रेष्ठले हस्ताक्षर गरे ।


सम्झौतापछि टाटा मोटर्सका कमर्सियल गाडी खरिद गर्न चाहनेले बैंकका देशैभरि रहेका जुनसुकै शाखामार्फत सहुलियतपूर्ण कर्जा प्राप्त गर्न सक्नेछन् । योजनामा ग्राहकले विनाधितो न्यूनतम ब्याजमा कर्जा पाउनेछन् । कर्जा सात दिनभित्रै स्वीकृत हुनेछ भने ७० प्रतिशतसम्मको फाइनान्स सुविधा पाउनेछन् । 


राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थाहरूलाई जारी गरिएको निर्देशन, परिपत्र तथा सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ को अधीनमा रही बैंकको नीतिअनुसार ग्राहकलाई व्यावसायिक तथा निजी प्रयोजनका सवारी साधन खरिद गर्न सहुलियतपूर्ण कर्जा उपलब्ध गराइनेछ ।


तोकिएको सहुलियतपूर्ण कर्जाभित्र व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, विदेशबाट फर्केका युवा स्वरोजगार कर्जा, महिला उद्यमशील कर्जा र दलित तथा पिछडिएका समुदाय व्यवसाय विकास कर्जा परेका छन् ।