close

कर्मचारी सञ्चय कोष र नेपाल बैंकबीच सहमति 

कर्मचारी सञ्चय कोष र नेपाल बैंकबीच सहमति 

Trulli
ADVERTISEMENT

काठमाडौं- कर्मचारी सञ्चय कोषका ऋणीहरूले कोषबाट लिएको कर्जाको साँवा, ब्याज तथा किस्ता रकम नेपाल बैंकबाट तिर्न सक्ने भएका छन् । यससम्बन्धी दुई पक्षबीच समझदारी भएको हो ।

 

सहमतिअनुसार नेपाल बैंकका देशभर रहेका २ सय ३ शाखा तथा ३८ वटा एक्सटेन्सन काउन्टरबाट यो सुविधाको उपभोग गर्न सकिनेछ ।

 

बैंकमार्फत कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताले मासिक सञ्चित रकम जम्मा गर्दै आइरहेकामा अब कर्जा भुक्तानीको सुविधासमेत उपलब्ध गराइएको हो ।