close

सहकारी चलाउन सिकाउँदै सैनामैना

सहकारी चलाउन सिकाउँदै सैनामैना

Trulli
ADVERTISEMENT

रूपन्देही- रूपन्देहीको सैनामैनामा सञ्चालन भइरहेका सहकारीलाई सहकारी व्यवस्थापन तालिम दिन सुरु गरिएको छ । कोभिड- १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजनाअन्तर्गत सहकारीलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने उद्देश्यले तालिम दिइएको हो । 


कार्यक्रमम सैनामैना नगरप्रमुख चित्रबहादुर कार्कीले सहकारीहरू उद्यमशीलता, आयआर्जन र रोजगारी सिर्जना गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिए । सहकारीहरू समुदायको खाँचोलाई सम्बोधन गर्न सक्ने गरी व्यवस्थापन हुन जरुरी रहेको उनले बताए ।

 
‘सहकारीहरू कृषिसँग सम्बन्धित उद्योग स्थापना, उत्पादन, प्रशोधन र बिक्री वितरण्मा लागे मात्र देशको गरिबीको रेखामा सुधार आउन सक्छ’, नगरप्रमुख कार्कीले भने ।


सहकारीले सेयर सदस्यको उत्पादन खरिद, सदस्यको दैनिक जीवनमा प्रयोग हुने सामग्री उत्पादन गर्न साना तथा मझौला उद्योग सञ्चालन गर्ने क्षमता राख्नुपर्ने र त्यसका लागि छरिएर रहेका सहकारीहरू एकीकृत भइ बलियो बन्नुपर्ने धारणा नगरप्रमुख कार्कीको छ । 


तालिममा सैनामैनाका २३ वटा सहकारीका पदाधिकारी सहभागी छन् । तालिममा सिको सञ्जालका दामोदर अधिकारीले प्रशिक्षण दिनेछन् । 

 

तालिममा सहकारी व्यवस्थापन, सहकारीका सिद्धान्त र अधिकार एवं सहकारी एकीकरण विषयमा सहभागीलाई प्रशिक्षण दिइनेछ । सहकारी व्यवस्थापन तालिम सयुंक्त राष्ट्रसंघीय विकास कार्यक्रम, सैनामैना नगरपालिको साझेदारी तथा सेतो गुँरास बाल विकास सेवा, रूपन्देहीको सहजीकरणमा सञ्चालन भएको हो । 


सेतो गुराँसले नगरमा रोजगारीका अवसर सिर्जना गर्दै लक्षित परिवारलाई आर्थिक उपार्जनमा जोडेर उद्यमशीताको विकासमा सैनामैनासँग सहकार्य गर्दै आएको छ ।